मौका गुमाउँदा हार भयोः मार्टिनेज

Share News

असार २७, काठमाडौं (अस) । पटक–पटक गोल गर्ने मौका पाउँदा पनि सोको सदुपयोग नहुँदा बेल्जियमले सेमिफाइनलमा हा¥यो भनेर अरु कसैले होइन बेल्जियम टोलीका कोच रोबर्टो मार्टिनेजले स्वयम् भनेका छन् । फ्रान्स एक गोल मात्रै हानेर फाइनलमा पुग्यो । हारेपनि फ्रान्सको काउण्टर अट्याकलाई अप्रभावकारी बनाएकोमा भने उनी टोलीप्रति खुशी देखिए । ‘खेल निकै कडा थियो, धेरै ठूला क्षण नै थिएनन्, हार र जीतबीच एक बलले गर्दा फरक प¥यो,’ उनले भने । फ्रान्सको राम्रो प्रतिरक्षाका कारण पटक–पटक बल पाउँदा पनि गोल हुन नसकेको मार्टिनेजले स्वीकारे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।