असार २७, काठमाडौं (अस) । मङ्गलवार भएको सेमिफाइनलमा बेल्जियमलाई १–० गोल अन्तरले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा पुगेको छ । तर फ्रान्सेली फूटबलर केलियन एमबाप्पेले भने आफूले कहिल्यै यसको कल्पना नगरेको बताएका छन् । स्यामुअल उम्टिटीले ५१ औं मिनेटमा गरेको गोलको साहराले फ्रान्स १९९८ मा विश्वकप जितेयता पहिलो पटक फाइनलमा पुग्न सफल भएको हो । खेलमा एमबाप्पेले कुनै गोल नगरेपनि साथीहरुलाई ६ पटक गोलको सुनौलो अवसर जुराइदिएका थिए । विश्वकपमा फ्रान्सलाई अन्तिमसम्म पु¥याउन १९ वर्षिय एमबाप्पेको भूमिका महत्वपूर्ण छ । ‘यो अविश्वसनीय छ, यो त सपनाभन्दा पनि परको कुरा हो, भविष्यको सपना हो, सबै चिज हो,’ एम्बाप्पेले भने । आपूmसँग यसको वर्णन गर्ने कुनै शब्द नै नभएको र यस्तो हुन्छ भनेर सपनामा समेत नसोचेको उनले बताए । विश्वकप सपना पूरा गर्न अझै एक चरण बाँकी नै भएपनि अहिलेसम्मको उपलब्धि नै धेरै भएको उनको धारणा छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।