हारले लामो समयसम्म पिरोल्नेछ : ह्यारी केन

Share News
रूसमा जारी विश्वकपको सेमिफाइनलमा बुधवार भएको खेलमा बेलायत क्रोएशियासँग हा¥यो । अतिरिक्त समयमा भएको १ गोलसमेत गरी २–१ को हारले आफूलाई लामो समयसम्म पिरोल्ने बेलायती टोलीका कप्तान स्ट्राइकर ह्यारी केनले बताएका छन् । ‘यो कठिन थियो, हामी निकै निराश छौं । हामीले त्यति धेरै मेहनत गरेका थियौं, फ्यानहरू पनि गज्जबका थिए, यो खेल निकै गाह्रो थियो, ५०/५०,’ केनले भने । पछाडि फर्केर हेर्दा राम्रो खेल्न सक्ने निकै अवसर थियो भन्ने सोच आएको र यसले झन् धेरै पीडा दिइरहने उनले बताए । सेमिफाइनलबाट बाहिरिएपनि टोलीको विश्वकप यात्रा सोचेको भन्दा निकै राम्रो भएको उनले स्वीकारे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।