टोली सङ्ख्या निर्धारण गर्न बाँकी विश्व फूटबल महासङ्घ (फिफा)ले आगामी संस्करणको विश्वकपका लागि मिति तय गरेको छ । शुक्रवार फिफाका अध्यक्ष जियानी इन्फाण्टिनोले सन् २०२२ को नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतार विश्वकप आयोजना हुने बताएका हुन् । कतारमा अत्यधिक गर्मी हुने भएकाले आगामी संस्करण जाँडो याममा गर्न थालिएको हो । ‘अन्त्यमा यो सही निर्णय हो, जुन र जुलाईमा कतारमा खेल्नै सकिँदैन,’ उनले भने ।
कतार विश्वकपदेखि नै हाल ३२ रहेको टोली सङ्ख्या बढाएर ४८ पु¥याउने भन्ने समाचार यसअघि नै छापिएका थिए । इन्फाण्टिनोले पनि २०२२ देखि नै १६ टोली थप्ने कुरामा समर्थन व्यक्त गरेका थिए । यसो हुँदा कतारले अर्को सहआयोजक पनि खोज्नुपर्थ्यो । तर, यसबारे भने अझै निर्णय भइनसकेको इन्फाण्टिनोले बताएका छन् । यसबारे शुरूमा कतार र फिफा काउन्सिल तथा सरोकारवालाहरूसँग सल्लाह गरिने र त्यसपछि मात्रै निर्णय गरिने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।