२० वर्षपछि फ्रान्सलाई दोस्रो विश्वकप

Share News
आइतवार राति भएको खेलमा सन् १९९८ को विश्वकप विजेता फ्रान्सले पहिलोपटक फाइनलमा पुगेको क्रोएशियालाई ४–२ गोल अन्तरले हराउँदै दोस्रोपटक विश्वकप उपाधि जितेको छ । यससँगै रसियामा जारी फूटबलको महाकुम्भ सकिएको छ । लुज्निकी स्टेडियममा भएको खेलमा एण्टोन ग्रिजम्यानले प्रहार गरेको फ्रीकिकले क्रोएशियाका खेलाडी मारियो म्याण्डजुकिचलाई छुँदै जाली चुमेपछि फ्रान्सले १८औं मिनेटमा अग्रतालिएको थियो । क्रोएशियाली खेलाडी इभान पेरिसिचले २८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । १० मिनेट नबित्दै ग्रिजम्यानले प्रहार गरेको कर्नर इभान पेरिसिचको हातमा लागेपछि भीएआरका माध्यमले फ्रान्सले पेनाल्टी प्राप्त ग¥यो, जसलाई ग्रिजम्यानले गोलमा परिणत गर्दै फ्रान्सलाई पुनः अग्रता दिलाए । खेलको उत्तरार्धमा पल पोग्बाले ५९औं मिनेटमा र किलियन एम्बाप्पेले ६५औं मिनेटमा एकएक गोल थपे । क्रोएशियाका तर्फबाट ६९औं मिनेटमा मारियो म्याण्डजुकिचले गोल फर्काए पनि उक्त गोल फ्रान्सको जितका लागि बाधक बन्न भने सकेन । फ्रान्स र क्रोएशिया अघि जम्मा पाँचपटक आमनेसामने भएका थिए । यसमध्ये २ ओटा खेल बराबरीमा टुङ्गिँदा ३ खेलमा फ्रान्सले जित हात पारेको थियो । विश्वकपको मात्रै कुरा गर्ने हो भने यसअघि १९९८ को विश्वकपमा क्रोएशियालाई फ्रान्सले २–१ गोल अन्तरले हराएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।