जातिवादका कारण जर्मन खेलाडी ओजिलले दिए राजिनामा

Share News
साउन ८, बर्लिन(जर्मनी) । जर्मन राष्ट्रिय फूटबल टोलीका खेलाडी मेसुत ओजिलले टोलीबाट राजिनामा दिएका छन् । टर्कीस राष्ट्रपति रेसेप तायिप एर्डोगनसँग खिचेको तस्वीर सार्वजनिक भएपछि उत्पन्न आलोचना लगत्तै उनले टोली छाडेका हन् । जातिवादका कारण आफूले अन्तरराष्ट्रिय पूmटबल जगतबाट बिदा लिनु परेको इङ्गलिश प्रिमियर लिग क्लब आर्सनलका खेलाडी समेत रहेका ओजिलले बताएका छन् । लन्डनमा केही महीना अघि भएको एक भेटपछि एर्डोगन, ओजिल र म्यान्चेस्टर युनाइटेडका खेलाडीसमेत रहेका जर्मन फूटबल इल्काई गुन्डोअःले एउटा तस्वीर खिचाएका थिए । जर्मनीका केही नेताले सो फोटोलाई औल्याउँदै ओजिल र गुन्डोअःको बफादारीप्रति सन्देह व्यक्त गरेका थिए । टर्कीश मुलका व्यक्तिप्रतिको व्यवहारमा द्वैध चरित्र देखाएको भन्दै ओजिलले जर्मन फूटबल सङ्घ, यसका अध्यक्ष, फयान, सञ्चार माध्यमहरुमाथि आक्षेप लगाए । एर्डोगनसँगको भेटको पछाडि कुनै राजनीतिक ईच्छा नभएको भन्दै उक्त भेटको बचाउ गरेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।