एशियन लाइफ इन्स्योरेन्सको ‘जीवन सञ्जीवनी’ योजना

Share News
काठमाडौं (अस) । एशियन लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना ल्याएको छ । लुम्बिनीमा आयोजित कम्पनीका शाखा प्रबन्धक सम्मेलनका अवसरमा कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठले ‘जीवन सञ्जीवनी’ नामक योजना सार्वजनिक गरेका हुन् । न्यूनतम ५० हजारको बीमाङ्कमै शुरू गर्न सकिने यस योजनामा बीमितले बीमा अवधिभर पटक/पटक किस्तामा भुक्तानी पाउनेछन् । साथै, बीमित ९९ वर्ष पूरा हुञ्जेल जीवितै रहेमा थप बीमाङ्क रकम भुक्तानी पाउने कम्पनीले जानकारी दिएको छ । बीमा अवधिभित्रै बीमितको मृत्यु भएमा बाँकी बीमाशुल्क नतिरी बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट भुक्तानी पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको कम्पनीले हाल १८ ओटा जीवन बीमा योजना सञ्चालन गरेको छ । कम्पनीले २८ शाखा र ७१ उपशाखामार्फत देशभर जीवन बीमा सेवा पुर्‍याइरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।