नयाँ सुविधा अत्याधुनिक प्रविधि

Share News
हरेक वर्षजस्तै यसपटक पनि गाडी पारखी, उपभोक्ता र व्यवसायीका लागि ‘कुम्भमेला’ शुरू भएको छ । काठमाडौंमा भृकुटीमण्डपमा मङ्गलवारदेखि शुरू भएको नाडा अटो शो सवारी विक्री, प्रदर्शनी र ग्ल्यामरका लागि समेत चर्चित छ । एकै थलोमा सबैजसो ब्राण्डका सवारीबारे जानकारी, बूकिङ, फाइनान्सलगायत सुविधा पाइने भएकाले यो महोत्सव उपभोक्ताका लागि महत्त्वपूर्ण प्लेटफर्म बन्ने गरेको छ । बढ्दो जनसङ्ख्याको मागअनुसार पछिल्लो बजारमा सवारीसाधन बढ्दै गएको छ । यद्यपि, अटोमोबाइल बजारले अपेक्षित गति लिन नसकेको व्यवसायीहरू बताउँछन् । बैङ्क तथा वित्तीय संस्थाले अधिकतम ६५ प्रतिशतसम्म मात्र फाइनान्स गर्न पाउने प्रावधानले अटो व्यवसायलाई असर पारेको उनीहरूको भनाइ छ । केही वर्षपहिले ९० प्रतिशतसम्म फाइनान्स सुविधा पाउँदा खुशी भएका व्यवसायीहरू यो सीमा खुम्चिएपछि भने निराश छन् । सरकारले यस क्षेत्रलाई अनुत्पादक भन्दै शुरूमा ५० प्रतिशत र पछि त्यसलाई बढाएर ६५ प्रतिशतसम्म मात्र लगानी गर्न पाउने नीति तयार ल्यायो । त्यसले अटो बजार निरुत्साहित भएको व्यवसायीको गुनासो छ । नेपाल राष्ट्र बैङ्कले आव २०७४/७५ को मौद्रिक नीतिमार्फत ६५ प्रतिशतसम्म अटोलोन दिन पाउने व्यवस्था गरेको हो । यद्यपि, बैङ्कहरूको चर्को ब्याजदरका कारण ग्राकहले समस्या भोग्नुपरेको व्यवसायी बताउँछन् । यी यावत् समस्या हुँदाहुँदै पनि नेपाली अटो बजार प्रतिस्पर्धी बन्दै आएकोमा भने द्विमत छैन । बजारमा दर्जनौं ब्राण्डका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन उपलब्ध छन् । नाडा अटो शो र दशैं नजिकिँदै गर्दा नयाँ सवारी सार्वजनिक हुने क्रमसमेत बढेको छ । अटो शोमै सार्वजनिक हुने नयाँ सवारीको सङ्ख्या पनि धेरै छ । नाडा अटो शो र दशैंलाई लक्षित गरेर व्यवसायीबीच धमाधम नयाँ कार भिœयाउने होडबाजी नै चलेको छ । केही कम्पनीले आफ्नो नयाँ कार सार्वजनिक गरिसकेका छन् भने कतिपयले अटो शोमा प्रदर्शनी गरेका छन् । अटो मेलामा जर्मन फक्सवागन, भारतीय टाटा, महिन्द्रा, बेलायती मोरिस ग्यारेज (एमजी), जापानी होण्डा, टोयोटालगायत कम्पनीले नयाँ कार प्रदर्शनीमा राखेका छन् । कतिपयले नयाँ मोडल र केहीले चलिरहेकै मोडलको रिभाइज भर्शन ल्याएका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले वर्षेनि दशैंअघि आयोजना गर्दै आएको मेलामा नयाँ–नयाँ गाडी सार्वजनिक हुने गरेको छ । यो वर्षको अटो शो लक्षित गरी सार्वजनिक गरिएका केही सवारी यस्ता छन् : टोयोटा रस टोयोटाको नयाँ एसयूभी रस नेपाली बजारमा प्रवेश अगाडि नै निकै चर्चित बनेको कार हो । नेपालका लागि टोयोटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटले केही समय अघिमात्रै नेपाली बजारमा ल्याएको यो एसयूभी अहिले धेरैको ध्यान तान्न सफल छ ।रसमा १.५ लिटरको फोर सिलिण्डर पेट्रोल इञ्जिन छ, जसले १ सय ५ एचपी पावर र १ सय ४० एनएम टर्क प्रदान गर्छ । यो फाइभ–स्पीड म्यानुअल र फोर–स्पीड अटोमेटिक ट्रान्समिशनमा उपलब्ध छ । न्यूनतम रनिङ ग्राउण्ड क्लीयरेन्स २ सय २० एमएम छ भने रक बटम ग्राउण्ड क्लीयरेन्स २ सय ९० एमएम छ । यो एसयूभीमा क्रोम स्लट, एलईडी हेडलाइट, एलईडी डीआरएल, चङ्की फ्रण्ट बम्पर, एलोई ह्वील, क्याबिनमा सफ्ट टच मेटेरियल छ । त्यसैगरी ८ इञ्चको टचस्क्रिन इन्फोटेन्मेण्ट सिष्टम दिइएको यो कारमा किलेस इण्ट्री, पुस बटन स्टार्ट, यूएसबीपोर्टलगायत फिचर छन् ।यो कारमा चढ्दा एसयूभीको ‘रियल’ मज्जा लिन सकिने कम्पनीको दाबी छ । सुरक्षाका लागि ६ ओटा एयरब्याग दिइएको यो कारमा ईबीडीसहितको एबीएस, स्ट्याबिलिटी कण्ट्रोल र हिल स्टार्ट असिष्टजस्ता फिचर दिइएको छ । यो कारलाई आसिएन एनक्यापले ५ स्टार रेटिङ दिएको छ । नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९० हजारदेखि ७५ लाख ५० हजारसम्म छ ।स्कोडाको प्रिमियम एसयूभी ‘कोडियाक’ एमएडब्यू इण्टरप्राइजेजले यस वर्षको नाडा अटो शोमा स्कोडाको पहिलो फुल साइज एसयूभी कोडियाक सार्वजनिक गरेको छ । २ दशमलव ० लिटर फोर सिलिण्डर इञ्जिन भएको यो ७ सीटरमा सेभेन स्पीड डीएसजी अटोमेटिक गियर बक्स छ । कोडियाकको डिजेल इञ्जिनले अधिकतम १ सय ४८ बीएचपी शक्ति र ३ सय ४० एनएम टर्क उत्पन्न गर्छ ।स्कोडा कोडियाकमा अलो ह्वील ड्राइभ र वर्ग वार्नर अनडिमाण्ड ४ बाई ४ सिष्टम छ । यो एसयूभी ४६९७ एमए लामो, १८८२ एमएम चौडा र १६६५ एमएम अग्लो छ । यसको ग्राउण्ड क्लीयरेन्स १ सय ८८ एमएम छ । कोडियाकको बुटस्पेस २७० लिटर छ, जसलाई दोस्रो र तेस्रो लहरको सीट फोल्ड गरेर २००५ लिटरसम्म पु¥याउन सकिन्छ । नेपाली बजारमा यसको मूल्य १ करोड ४९ लाख रुपैयाँ निर्धारण गरिएको छ ।आधुनिक यूरोपियन डिजाइन रहेको कोडियाकमा स्कोडाको बटरफ्लाई ग्रिल छ । १८ इञ्चको एलोई ह्वील कोडियाकमा थ्रीडी लूक्स दिने टेलल्याम्प छ भने ८ इञ्चको टचस्क्रिन इन्फोटेन्मेण्ट सिष्टम, १२ ओटा स्पिकर भएको ७ सय ५० डब्ल्यू क्याण्टन अडियो सिष्टम छ ।कोडियाकका अन्य सुविधाहरूमा पानोरामिक सनरूफ, मल्टिपल स्टोरेज स्पेस, अम्ब्रेला डोर प्रोटेक्टर र म्याग्नेटिक टर्च आदि छन् । भर्चुअल पेडल यसको अर्को विशेषता हो, जसको सहयोगमा हातको सहयोगविनै खुट्टा उठाएर बुट खोल्न सकिन्छ । सुरक्षाका लागि यसमा ९ ओटा एयरब्याग, ईबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कण्ट्रोल, इलेक्ट्रोनिक डिफिरेन्सियल लक, ट्र्याक्शन कण्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेकजस्ता फिचर छन् ।होण्डा अमेज स्याकार कम्पनीले होण्डाको बहुचर्चित सेडान कार अमेज नाडा अटो शोमा सार्वजनिक गरेको छ । यो होण्डाको सेकेण्ड जेनेरेशन अमेज हो । यसलाई कम्पनीले केही महीनाअगाडि भारतीय बजारमा सार्वजनिक गरेको थियो । यही कारको कारण होण्डाले भारतीय बजारमा चौथो स्थान लिन सफल भएको छ । हाल कम्पनीले अमेजको एसएमटी मोडल नेपाली बजारमा ल्याएको छ । यसको मूल्य ३५ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।पुरानो अमेजभन्दा नयाँ अमेजमा धेरै नवीनतम फिचर छन् । कम्पनीले यसको डिजाइनमा समेत फरक लूक्स दिएको छ । नयाँ जेनेरेशन अमेजमा मेकानिकल परिवर्तन भने केही पनि गरिएको छैन । यसमा १ दशमलव २ लिटर पेट्रोल इञ्जिन छ, जसले ८९ बीएचपी पावर र १ सय १० एनएम टर्क उत्पादन गर्छ । कारमा ५ स्पीड म्यानुयल ट्रान्समिशन गियर बक्स छ ।होण्डा अकर्डको १०औं जेनेरेशनको डिजाइनबाट प्रेरित यो कार पुरानो अमेजभन्दा निकै स्टाइलिश देखिएको छ । यसको ई–भेरियण्टमा क्रोम ग्रिल, डुअल टोन इण्टेरिएर थिम र पियानो ब्ल्याक कन्सोल लगाइएको छ । होण्डा अमेज एस एमटी भेरियण्टमा इलेक्ट्रिक एडजष्टेबल र फोल्डेबल एलईडी टर्न इण्डिकेटर जडान गरिएको छ । साथै, सार्क फिन एण्टिना र बडी कलर ह्याण्डल छ । किलेस इण्ट्री, अडियो कण्ट्रोल, टिल्ट स्टेरिङ, ४ स्पिकरको साथै २ डीन अडियो सिष्टम र ड्राइभर एडजष्टेबल सीट यसका विशेषता हुन् । सुरक्षाको हिसाबले यो कारमा कम्पनीले २ एयरब्याग, एबीएस, ईबीडी, ब्रेक असिष्ट, चाइल्ड सीट, रिभर्स पार्किङ सिष्टम आदि समावेश छन् । यसको पेट्रोल इञ्जिन कारले १९ दशमलव ५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।पहिलोपटक जीप–कम्पास जीप अमेरिकाको दोस्रो ठूलो अटोमोबाइल कम्पनी हो । सन् १९४५ देखि सवारीसाधन उत्पादन शुरू गरेको उक्त जीप ब्राण्डको कार पहिलोपटक नेपालमा लञ्च भएको छ । एमएडब्ल्यू इण्टरप्राइजेजले नाडा अटो शोमार्फत उक्त कार सार्वजनिक गरेको हो । स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) सेग्मेण्टका कारलाई सबैले जीप भन्ने गरेको कम्पनीले बताएको छ ।मूल्य : करीब ६८ लाख ५० हजार देखि ९६ लाख ५० हजार रुपैयाँविशेषता
  • भारतीय बजारमा अग्रणी बन्दै
  • जीपको सिग्नेचर सेभेन स्लट ग्रील र दुई छेउमा ठूला हेडलाइट प्रयोग
  • डेलाइट रनिङ ल्याम्प, बम्परमा फग लाइट र डुअल टोन इफेक्ट
  • १७ इञ्चका ठूला चारओटा पाङ्ग्रा, बोल्ड डिजाइन ल्याङ्वेज
  • स्पोर्ट, लङ्गिच्युड र लिमिटेड गरी तीन विकल्पमा उपलब्ध
हार्लेको ८८३ सीसीको बाइक यसपटकको नाडा अटो शोमा हार्ले डेभिड्सन प्रदर्शनमा राखिएको छ । नेपालका लागि यो ब्राण्डको अधिकृत विक्रेता आईएमई अटोमोटिभ्सले अमेरिकामा निर्मित हार्ले डेभिड्सनको ‘आइरन ८८३’ मोडलको मोटरसाइकल प्रदर्शनीमा राखेको हो ।यो मोटरसाइकलको कुल वजन भने २ सय ४७ केजी छ । कम्पनीका अनुसार यसमा १२ दशमलव ५ लिटरको फ्युल ट्याङ्क छ । त्यस्तै, ६८ एनएमको टर्क समावेश छ ।कम्पनीका अनुसार नेपाली बजारमा यो बाइकको मूल्य ४५ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ । नाडा अटो शो अवधिभरका लागि भने ८५ हजार रुपैयाँ छूटमा बाइक बूक गर्न सक्ने सुविधा आईएमई अटोमोटिभ्सले दिएको छ । कम्पनीले डेनिम ब्लाक, ग्रेलगायत अन्य रङ्मा यो बाइक बजारमा उपलब्ध रहने जानकारी गराएको छ ।असोजदेखि गैरीधारा शोरूममार्फत मोटरसाइकल विक्री गर्ने योजना कम्पनीले बनाएको छ । शोरूम आउँदो कात्तिकबाट बृहत् रूपमा सञ्चालनमा आउने उनले जानकारी दिए । ‘अहिलेसम्म ग्राहकले चाहेर पनि सजिलैसँग यो खरीद गर्न पाएका थिएनन्,’ उनले भने, ‘तर अब यो समस्याको समाधान हुनेछ ।पहिलोपटक एसडब्ल्यूएमको बाइक
  • १४ लाख ६० हजारको सिल्भर भेस ४४०
  • सिङल सिलिण्डर एसओएचसी, ४ भल्भ
  • ५ स्पीड ट्रान्समिशन
  • मिकुनी इलेक्ट्रोनिक फ्युल इञ्जेक्शन
  • रियर एण्ड फ्रण्ट डिस्क ब्रेक
  • इलेक्ट्रिक स्टार्ट
  • ड्युअल रियर शक एभसोर्वर
  • फ्युअल ट्याङ्क २० लिटर
  • १५० केजी वजन
१५ लाख ९९ हजारको आरएस ३०० आर
  • ३ सय सीसी सिङ्गल सिलिण्डर डीआएचसी, ४ भल्भ ३७.५ एचपी
  • मिकुनी इलेक्ट्रोनिक फ्युल इञ्जेक्शन
  • ६ स्पीड ट्रान्समिशन
  • फ्रण्ट डिस्क २६० एमएम, रियर डिस्क २४० एमएम
  • सीट उचाइ ९५२ एमएम
  • एड्जष्टेबल मोनोशक
  • फ्युल ट्याङ्क ७.१९ लिटर
  • १०७ केजी वजन
२३ लाख ५० हजारको सुपरडुवाल ६५०
  • ६ सय सीसी सिङ्गल सिलिण्डर डीआएचसी, ४ भल्भ, ५४ एचपी
  • मिकुनी इलेक्ट्रोनिक फ्युल इञ्जेक्शन
  • ६ स्पीड ट्रान्समिशन
  • फ्रण्ट डिस्क ३२० एमएम, रियर डिस्क २८० एमएम
  • सीट उचाइ ९५२ एमएम
  • एड्जष्टेबल सिङ्गल रियर शक
  • फ्युल ट्याङ्क १९ लिटर
  • १५९ केजी वजन
यामाहाको रे जेडआर स्ट्रिट र्‍याली स्कूटर यामाहा रे जेडआर ‘स्ट्रिट र्‍याली एडिशन पावर र स्टाइलको उत्कृष्ट सम्मिश्रण हो । नयाँ रे जेडआर ‘स्ट्रिट र्‍याली’मा १ सय १३ सीसी ब्ल्यू कोर इञ्जिन छ । साथै, चालकको हातको सुरक्षाका लागि नकल गार्डको समेत व्यवस्था छ । नेपाली बजारमा यसको मूल्य २ लाख ८ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । यो स्कूटर र्‍याली रेड र रेसिङ ब्ल्यू गरी दुईओटा रङ्मा उपलब्ध छ ।उत्कृष्ट पिकअप र माइलेज, थप स्पार्टी र आकर्षकका लागि बोल्ड न्यू भाइजर, डिजिटल इन्ष्ट्र्युमेण्ट प्यानल, फ्रण्ट डिस्क ब्रेक र एलोई ह्वील आदि यस स्कुटरका विषेशता छन् ।टीभीएसको डिजिटल स्कूटर एनटर्क टीभीएसका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले स्मार्ट स्कूटर एनटर्क नेपाली बजारमा ल्याएको छ । भारतमा उत्पादन हुने स्कूटरमा पहिलोपटक मोबाइल कनेक्ट गर्ने अप्शन दिइएको छ । यसमा धेरै फिचर डिजिटल गरिएको छ । स्कूटरमा स्पोर्ट मोड छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देखाउँछ । ३ ट्रिप मीटर, फ्युल लेभल, स्पीड, इञ्जिन टेम्परेचर, र घडीजस्ता फिचर्स नर्मल मोडमा पाइन्छ ।यस स्कूटरमा लो फ्युअल वार्निङले रिजर्भमा आएपछि कति दूरी पार गरेको छ भन्ने देखाउँछ । त्यस्तै, हेलमेट लगाउन भुल्नेहरू लाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखाउनेछ । कम्पनीले यो स्कूटरको नेपाली बजारमा मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ कायम गरेको छ ।त्यसैगरी एङ्कर एपले पनि कामको धेरै सूचना दिने गर्छ । राइड रिपोर्ट जेनरेट भएपछि दूरी (डिष्टेन्स), टाइम, ट्राफिकको टाइम, पछिल्लोपटक स्कूटर पार्क गरेको स्थानलगायतको जानकारी यस एपले दिन्छ । १ सय २५ सीसीको इञ्जिन रहेको यसले ९ दशमलव ३ बीएचपी पावर र १० दशमलव ५ एनएम टर्क उत्पादन गर्छ । यो स्कूटरमा ३ भल्ब टेक्नोलोजीको प्रयोग गरिएको छ । टपस्पीड ९५ किलोमिटर यसले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाका गति लिन ९ सेकेण्डमात्रै लगाउनेछ ।१२ इञ्चको एलोइ ह्वील रहेको यस स्कूटर सेफ्टीका लागि ड्रम र डिस्क दुवै ब्रेक भेरिएण्टमा उत्पादन गरिएको छ । टीभीएस एनटर्क स्कूटरमा ५ लिटर क्षमताको फ्युल ट्याङ्क छ । यो स्कूटर विभिन्न चार रङमा उपलब्ध छन् ।अपाचे आरआर ३१० नाडा अटो शो २०१८ मा टीभीएसले आफ्नो सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० सार्वजनिक गरेको छ । टीभीएस मोटर कम्पनीको, टीभीएस अपाचे आर आर ३१०, टीभीएस अपाचे स्टेबलको पछिल्लो प्रस्तुति हो । टीभीएस अपाचे आरआर ३१०, आकर्षक डिजाइन, सुपर शक्तिशाली इञ्जिन, सर्वोत्कृष्ट पर्फर्मेन्स र राइडिङ डाइनामिक्सले भरिपूर्ण मोटरसाइकल हो । रेजर शार्प ह्याण्डलिङ र सुपेरियर प्रविधि भएको यो मोटरसाइकल ३६ वर्षको रेसिङ विरासतको प्रमाणितस्वरूप भएको कम्पनीको दाबी छ ।टीभीएस अपाचे आरआर ३ सय १० मा ३ सय १२ सीसी सिङ्गल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इञ्जिनले ३४ पीएस प्रति २९७०० आरपीएम आउटपुट जेनेरेट गर्दछ । बाइकको पावर २७.३ एनएमआर पीएम छ ।सटिक रेस सिफ्टको अनुभव गर्न सकिने ६ स्पीड गियर बक्स भएको यो मोटरसाइकलको अधिकतम स्पीड १६० किलोमिटर प्रतिघण्टा कम्पनीले बताएको छ । बाइकले ०–६० किलोमिटर प्रतिघण्टाको स्पीड मात्र २.९ सेकेण्डमा पूरा गर्नेछ । एड्भान्स एरोडाइनामिक्स प्याकेज यो सेगमेण्टको मोटर साइकलमा कमै मात्र प्रयोग गरिएको छ ।हिरो ‘एक्ष्ट्रिम २०० आर’ हिरो मोटोकर्पले नयाँ मोटरसाइकल ‘एक्ष्ट्रिम २०० आर’ नेपाली बजारमा भित्र्याएको छ । ‘एक्ष्ट्रिम २०० आर’को बजार मूल्य २ लाख ८६ हजार ५०० रुपैयाँ तोकिएकोे छ । मोटरसाइकलमा स्तरीय विधि अपनाउन यसमा एण्टी–लक ब्रेक सिष्टम (एबीएस) जडान गरिएको छ ।बाइकमा नयाँ प्रणालीको बीएस आईभी २०० सीसी एयर कुल्ड इञ्जिनले शक्ति प्रदान गर्छ । यो बाइकले ८ हजार आरपीएममा १८ दशमलव ४ पीएसको अधिकतम शक्ति र ६ हजार ५०० आरपीएमा १७ दशमलव १ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ । ४.६ सेकेण्डमा ६० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्ने यसको उच्चतम गति प्रतिघण्टा १ सय १४ किलोमिटरसम्म छ ।मोटरसाइकलमा हलुका वजन र दह्रो फ्रेमकोे प्रयोग गरिएको छ । स्पोर्टी हेडलाइट, पाइलट लाइट, टेल ल्याम्पलगायतले बाइकलाई झनै आकर्षक बनाएको छ । यसमा १७ इञ्च, १३०–७० चौडाइको रियर रेडियल टायरमा भएको ट्रेड प्याटर्नले सडकको पकड कायम राख्ने र मोडिँदा भरपर्दाे तथा ब्रेकको नियन्त्रणलाई सुनिश्चित गर्ने कम्पनीको दाबी छ । नयाँ बाइक प्यान्थर ब्ल्याक विथ फोर्स सिल्भर, टेक्नो ब्ल्यू, ब्ल्याक विथ स्पोर्ट रेड र स्पोर्ट रेड रङमा उपलब्ध छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।