यी हुन् १० विधामा प्रदान गरिएको बिजनेश अवार्ड र विजेता

Share News

असोज ५, काठमाडौं (अस) । सोल्टी होटल लिमिटेडले यस वर्षको बेष्ट म्यानेज्ड कम्पनीको अवार्ड जित्न सफल भएको छ । न्यू बिजनेश एज प्रालिको आयोजनामा शुक्रवार सोल्टी होटलमै सम्पन्न नेपालकै ठूलो र प्रतिष्ठित बिजनेश अवार्ड कार्यक्रम ‘न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१८’बाट बेष्ट म्यानेज्ड कम्पनीको उपाधी सोल्टी होटललाई प्रदान गरिएको हो ।

देशभर रहेका व्यावसायिक संस्थामध्येबाट विभिन्न विधामा उनीहरूको कार्य मूल्याङ्कनका आधारमा विज्ञ समूह (जुरी)ले छनोट गरेका उत्कृष्ट कम्पनीहरूलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । १० बिधामा प्रदान गरिएको बिजनेश अवार्डका लागि हरेक विधामा फरक फरक विज्ञ सम्मिलित जुरी समूहले निश्चित कार्यक्षेत्रका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट कम्पनीहरु छनौट गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्था न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले नेपालको व्यावसायिक क्षेत्रको विकास र प्रवर्द्धन तथा वृद्धि विकासमा सहयोग पुर्याउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गर्दै आएको र आगामी वर्षहरुमा पनि जारी रहने बताए । नेपाली उद्योगी व्यवसायीहरुलाई हौसला प्रदान गर्न र अझ गुणस्तरीय सेवा प्रवाहमा उत्तरदायी बनाउन यस्तो कार्यक्रमले सहयोग पुग्ने लम्सालको विश्वास थियो । उनले नेपालमा नयाँ नयाँ उद्यमीहरुको विकास हुने क्रम बढेपनि त्यसका लागि सरोकारवाला निकायले आवश्यक वातावरण बनाउन नसकेको बताए ।

‘न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१८’का उत्कृष्ट अवार्ड विजेता कम्पनीहरुः

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।