भारतबाट अबैध रुपमा ल्याइएको ७१ लख ७९ हजार भारुसहित कैलालीबाट एक जना पक्राउ

Share News
असोज ७, धनगढी । भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउन लागिएको अवस्थामा प्रहरीले कैलालीबाट ठूलो परिमाणमा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको भजनी र टीकापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतवार भारतीय रुपैया ७१ लाख ७९ हजार तीनसय (नेपाली एक करोड १४ लाख ८ सय ८० रुपैयाँ)सहित लम्कीचुहा नगरपालिका–१ का ३१ वर्षीय कृष्णराज जोशीलाई पक्राउ गरेको हो । जोशीले से४प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोरामा ल्याउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त रकम फेला परेकोे सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक विष्णु भट्टले जानकारी दिए । भारतीय रुपैयासहित पक्राउ परेका जोशीलाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखिएको छ । जोशीले सो रकम कहाँबाट, के, कसरी ल्याएको हो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । ठूलो रकमसहित पक्राउ परेका जोशीको थप अनुसन्धान गरी राजस्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुर पठाउने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।