नोकियाले ल्यायो लुमिया १०२०

Share News

नोकियाले नयाँ स्मार्टफोन ‘लुमिया १०२०’ बजारमा ल्याएको छ । केही समय अघिदेखि अत्यधिक चर्चामा रहेको यो मोडलमा ४१ मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको छ । विण्डोज पछिल्लो संस्करणको अपरेटिङ सिष्टम प्रयोग गरिएको नयाँ मोडलमा उच्च प्रविधियुक्त फोटोग्राफीको प्रयोग गरिएको छ । आफ्ना चिर प्रतिद्वन्द्वी सामसुङ इलेक्ट्रोनिक्स र एप्पल इङ्कसँगै आफूलाई पनि उभ्याउन कम्पनीले नयाँ स्मार्टफोन बजारमा ल्याएको हो । फिनल्याण्डको मोबाइल फोन निर्माता कम्पनी नोकियाले शक्तिशाली क्यामेराको माध्यमबाट आफ्नो गुमेको बजार फर्कने दाबी गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।