
आम जनमानसले वातावरणलाई हानिकारक मान्ने गरेको प्लाष्टिकको बहुउपयोगी आयाम र यसका फाइदाबारे उपभोक्ता, सरकार तथा सम्बन्धित निकायलाई बुझाउने उद्देश्यले प्लाष्ट नेपाल फाउण्डेशनको स्थापना सन् २०१४, जुन २४ मा भएको हो । मुलुकभित्रका प्लाष्टिक उद्योगको पहलमा प्लाष्टिकजन्य उत्पादनको स्थिर बजार विकासका लागि यो संस्थाको स्थापना गरिएको हो । प्लाष्टिकबारे जनचेतना फैलाउन यो निरन्तर रूपमा लागिपरेको छ । फाउण्डेशनले प्लाष्टिक उद्योगमा नयाँ प्रविधि भित्र्याउनुका साथै दीर्घकालीन विकासका लागि थुप्रै अभियान सञ्चालन गरिसकेको छ । यसले उद्योग तथा व्यवसायीबीचको आपसी सम्बन्ध सुदृढ बनाउँदै लगेको छ । साथै, व्यक्तिगत रूपमा दिन नसकेको योगदान समूहगत रूपमा दिने प्रयासस्वरूप प्लाष्ट फाउण्डेशन निरन्तर अघि बढिरहेको प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष शरद टिवडेवाला बताउँछन् ।
प्लाष्ट नेपालको उद्देश्य
- सरकार, उपभोक्ता तथा सार्वजनिक निकायमा प्लाष्टिक तथा यसका फाइदाबारे जानकारी गराउने
- प्राविधिक जनशक्तिलाई प्रशिक्षण, प्राविधिक विकासको लागि आवश्यक ज्ञान प्रदान तथा उद्योग उन्नत विकासका लागि सक्रिय केन्द्रको रूपमा रहने
- उद्योग तथा व्यवसाय विकासका लागि गुणस्तर मापनको प्रशोगशाला सञ्चालनमा ल्याउने
- थ्री–आर अर्थात् (रिड्युस, रियुज र रिसाइकल) प्लाष्टिकको पुनः प्रयोग, त्यसको रिसाइकल तथा एक पटकमात्रै प्रयोग गर्न मिल्ने प्लाष्टिक प्रयोगमा कसरी कमी ल्याउने भन्ने विषयमा सबैमा सचेत गराउने
- नेपालको प्लाष्टिक क्षेत्रको व्यवसायलाई प्रवर्द्धन गर्दै नेपाललाई प्लाष्टिकको गन्तव्यका रूपमा परिचित गराउने
- सरकारको सम्बन्धित निकायसँग सहकार्य गर्दै मुलुकमा प्लाष्टिक व्यवसायको प्रवर्द्धन गर्ने
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।