उजिङ, ठूलाठूला अपार्टमेण्ट, निजी प्रयोजनका भवन, बहुउद्देश्यीय परियोजना निर्माण, तीव्र शहरीकरण, ऊर्जा विकासलगायत गतिविधिले नेपालको प्लाष्टिक उद्योग नयाँ फड्को मार्न सफल भएको छ । यस्ता उद्योगले अहिले देशको समग्र उत्पादनमूलक उद्योगको क्षेत्रमा विशेष हिस्सा ओगटेका छन् ।
मुलुकको प्लाष्टिक उद्योगमा ५० अर्ब रुपैयाँ लगानी भइसकेको प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष शरदकुमार टिवडेवाला बताउँछन् । उनका अनुसार यस क्षेत्रमा थप लगानी आउने क्रम बढ्दो छ । देशमा अहिले १ हजारभन्दा बढी प्लाष्टिक उद्योग सञ्चालनमा छन् ।
नेपालमा २०२१ सालमा पहिलो प्लाष्टिक उद्योग सञ्चालन भएको थियो । त्यस बेलाको उद्योगमा सबैजसो काम हातको प्रयोगबाट गर्नुपर्ने बाध्यता थियो । तर, यसबीचमा प्लाष्टिक उद्योगमा नयाँ नयाँ प्रविधि भित्रिसकेका छन् । अहिले यस्ता उद्योगमा पूर्णतया स्वचालित प्रविधिबाट उत्पादन हुने गरेको अध्यक्ष टिवडेवाला बताउँछन् । उद्योगी–व्यवसायीले विश्वबजारमा विकसित आधुनिक प्रविधि भिœयाउन तथा जनशक्ति विकासमा सङ्गठित भएर लगानी गर्न थालेपछि प्लाष्टिकजन्य वस्तुको उत्पादन लागतसमेत ठूलो मात्रामा घटेको छ ।
प्लाष्टिक सबै र सधैंका लागि आवश्यक वस्तुको रूपमा प्रयोग हुने गरेको छ । भर्खर जन्मेका बच्चादेखि, वृद्धवृद्धासम्म सबैलाई यसले सहज बनाएको छ । जन्मनासाथ बच्चालाई दूध खुवाउन प्रयोग गरिने बोटलदेखि बिरामी हुँदा सेवन गरिने औषधि, अस्पतालमा प्रयोग हुने सुई, सलाइनको बोटललगायत अधिकांश सामग्रीमा प्लाष्टिकै प्रयोग हुन्छ । त्यस्तै, खाद्यवस्तुको प्याकेजिङ, सजावटका सामान, लुगा, जुत्ता–चप्पल सबै प्लाष्टिकबाटै बनेका छन् । पछिल्लो समय फनिर्चर सामग्री, मोबाइल, ल्यापटप, मोटरसाइकल, हवाईजहाजजस्ता साधनमा समेत प्लाष्टिकको प्रयोग बढिरहेको छ । प्लाष्टिकको प्रयोगविना हाम्रो दैनिक जीवनयापन नै असम्भव बनिसकेको अध्यक्ष टिवडेवालाको बुझाइ छ ।
प्लाष्टिक हरेकको जीवनमा अपरिहार्य बनेसँगै यसको बजारसमेत बढ्दै गएको प्लाष्ट नेपाल फाउण्डेशनले बताएको छ । उसका अनुसार यस्ता सामग्रीको बजार वार्षिक २० प्रतिशतसम्म बढेको छ । उपभोक्ताले आफ्नो दिनचर्यामा यसको प्रयोग बढाउँदा बजार बढ्न टेवा पुगेको हो ।
नेपालबाट प्लाष्टिकजन्य सामग्रीको निर्यात पनि हुने गरेको छ । मुख्यगरी भारतीय बजारमा नेपाली उभन फ्याब्रिकको माग रहेको फाउण्डेशनका वरिष्ठ उपाध्यक्ष राहुल अग्रवाल बताउँछन् । तर, उत्पादन लागत बढी हुँदा भारतीय बजारसँगको प्रतिस्पर्धा कठिन बनेको भनाइ छ । सरकारले यस क्षेत्रको उद्योगलाई प्राथमिकताका साथ सहुलियत दिए निर्यात परिमाण बढ्ने अपेक्षा उनले गरे ।नेपाल प्लाष्टिकजन्य वस्तु उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख भइसकेको छ । बजार मागको ८० प्रतिशत स्वदेशी उत्पादनले पूरा गरेको छ भने बाँकी २० प्रतिशत भारतलगायत देशबाट आयात हुने गरेको छ । तर, चाँडै नै आयातमा कमी आउने अग्रवालको दाबी छ । यस्ता वस्तु उत्पादनका लागि सम्पूर्ण कच्चापदार्थ अन्तरराष्ट्रिय बजारबाटै ल्याउनुपर्ने भएकाले पूर्ण आत्मनिर्भर भने बन्न नसकिने उनले बताए । ‘यसका लागि आवश्यक कच्चापदार्थ पेट्रोलियमको वाइप्रडक्ट हो,’ उनले भने, ‘कच्चापदार्थमा हामी आत्मनिर्भर हुन असम्भव छ । मलेशिया, भारत, चीन, सिङ्गापुर, अमेरिकालगायत उद्योगीले वार्षिक २ लाख टनभन्दा बढी कच्चापदार्थ आयात गर्ने गरेका छन् ।प्लाष्टिक उद्योगले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको छ । १ हजारभन्दा बढी सङ्ख्यामा सञ्चालित यस्ता उद्योगमा करीब १ लाख जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा २ लाखको हाराहारीमा जोडिएका छन् । सरकारलाई यी उद्योगले वार्षिक १० अर्ब राजस्व तिर्ने गरेको व्यवसायीको भनाइ छ । यति ठूलो परिमाणमा राजस्व बुझाउँदासमेत सरकारले उद्योगका लागि अनुकूल वातावरण तयार नगरिदिएको गुनासो व्यवसायीले गरेका छन् । ‘मुलुकभित्र प्लाष्टिक उद्योग त धेरै खुलेका छन्,’ अध्यक्ष टिवडेवालाले भने, ‘तर, यस्ता उत्पादनको पुनः प्रयोगका लागि कोही पनि सचेत भएजस्तो देखिँदैन ।’ यद्यपि, अहिले निजीक्षेत्रले केही सङ्ख्यामा रिसाइक्लिङ उद्योग स्थापना गरेको उनले बताए ।प्लाष्टिक उद्योग सञ्चालनमा आइरहँदा यस्ता सामग्रीको पुनः प्रयोग पनि उत्तिकै महत्त्वपूर्ण पाटो रहेको छ । मुख्यगरी थ्री–आर अर्थात् रिड्युस, रियुज र रिसाइकललाई सबै उपभोक्ता, उद्योगी/व्यवसायी, सरकार तथा अन्य सबै सरोकारवाला निकायले ध्यानमा राख्नु निकै आवश्यक छ । सरकारले प्लाष्टिक पुनः प्रयोगबारे सिकाउने, सचेतना फैलाउने र रिसाइक्लिङ उद्योग स्थापनामा सहुलियत दिने हो भने यो क्षेत्रको थप प्रवर्द्धन हुने अध्यक्ष टिवडेवालाको ठम्याइ छ । उनका अनुसार सरकारले प्लाष्टिक पुनः प्रयोगसम्बन्धी ठोस नीति नै ल्याउनु आवश्यक छ, जसको कार्यान्वयनले वातावरण प्रदूषण तथा उत्पादनका लागि कच्चापदार्थ आयातमा समेत कमी ल्याउन टेवा पुग्ने उनले बताए ।भारत र चीनबाट भन्सार छलेर ल्याइने प्लाष्टिक पाइपलगायत सामग्री स्वदेशी उद्योगको मुख्य समस्या बनेको सम्बन्धित व्यवसायीको गुनासो छ । भन्सार छलेर ल्याइएका तथा न्यून भन्सार मूल्याङ्कन गरी आएका सामानसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो भएको उनीहरू बताउँछन् । यस्ता उद्योगका लागि कच्चापदार्थ आयातमा १० प्रतिशत भन्सार लाग्ने गरेको छ, जबकि तयारी सामान आयातमा १५ प्रतिशत मात्र भन्सार दर लागू गरिएको छ ।तयारी वस्तु र कच्चापदार्थमा लाग्ने न्यून भन्सार अन्तरले पनि स्वदेशी उद्योग सञ्चालनमा समस्या भएको बताइएको छ । यो समस्या कम गर्न सरकारले तयारी सामान आयातमा हालको १५ प्रतिशत भन्सार दर १० प्रतिशत बढाउनुपर्नेमा व्यवसायीले जोड दिए । यसले कच्चापदार्थ आयातको तुलनामा तयारी सामानको भन्सार दोब्बर बन्ने र स्वदेशी उद्योग प्रवद्र्धनमा ठूलो टेवा पुग्ने उनीहरूको अपेक्षा छ ।प्लाष्ट एक्स्पो २०१८ को आज अन्तिम दिन
अन्तरराष्ट्रिय प्लाष्ट एक्स्पो–२०१८ शुक्रवारदेखि भृकुटीमण्डपमा सञ्चालनमा छ । ‘प्लाष्टिकलाई चिनौं’ मूल नाराका साथ फाउण्डेशनले दोस्रो संस्करणअन्तर्गत मेलाको आयोजना गरेको हो ।मेलाको आज (आइतवार) अन्तिम दिन हो । प्रदर्शनीमा अन्तरराष्ट्रिय स्तरबाट कुल १ सय २५ प्रदर्शक तथा प्रतिनिधिको सहभागिता छ, जहाँ ५० प्रतिशतभन्दा बढी प्रदर्शक भने भारतका छन् । प्रदर्शनीमा राखिएका विभिन्न स्टलमार्फत उपभोक्ताले नेपालमै निर्मित स्वदेशी उत्पादनको जानकारी पाउनेछन् । त्यस्तै, उद्योगी तथा व्यवसायीले नवीन प्रविधि र कच्चापदार्थका विषयमा समेत आवश्यक जानकारी पाउन सक्नेछन् । नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवद्र्धनसँगै उपभोक्तालाई गुणस्तरीय तथा सुलभ तरीकाले प्लाष्टिकजन्य वस्तु उपलब्ध गराउन मेलाको सकारात्मक भूमिका रहेको आयोजकको बुझाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।