मेलामा धेरै आकर्षण छन्

Share News
प्लाष्ट नेपाल एक्स्पो २०१८ को उद्घाटन शुक्रवार भएको हो । पहिलो दिन नै अवलोकनकर्ताको उल्लेख्य उपस्थिति थियो । अर्थमन्त्री र उद्योगमन्त्री दुवैले मेला तथा प्लाष्टिक उद्योगको बारेमा निकै चासो देखाउनुभएको छ । मेलामा विभिन्न मेशिनरी सामान, उत्पादनका विवरण र कतिपय सामानका अन्तिम उत्पादन राखिएका छन् । यस कारण मेलाको यो संस्करणमा धेरै आकर्षण छन् । मेलामा भारतीय व्यवसायी ५० प्रतिशत छन् । प्लाष्टिक र यसका विविध पक्षबारे बुझ्न मेला निकै सहयोगी भएको छ । यस पटकको मेला अघिल्लो भन्दा अलि फरक छ । दर्जनौंं कम्पनी उत्साहका साथ सहभागी भएका छन् । स्टलहरू ठूलाठूला छन् । कम्पनीहरूले निकै खर्च गरेर स्टल सजाएका छन् । विभिन्न कम्पनीका वितरक, बजार प्रतिनिधि, एजेण्टहरू आएका छन् । यसैगरी मेलामा विदेशी व्यवसायी पनि आएका छन् । उनीहरूको मुख्य कम्पनी भियतनाम, दक्षिण कोरिया, थाइल्याण्ड, जापानलगायत देशमा छन् भने तिनको व्यवसाय विश्वभर फैलिएको छ । त्यस कारण, प्लाष्टिक उत्पादनसम्बन्धी धेरैभन्दा धेरै जानकारी यो प्रदर्शनीबाट पाइन्छ । साथै, नेपाली प्लाष्टिक उद्योगबारे पनि विस्तृत जानकारी पाइन्छ । मेलाले एकै स्थानबाट प्लाष्टिक सामग्रीको उत्पादन, त्यसको उपयोगिता, बजारको अवस्था र प्लाष्टिकको वैज्ञानिक पक्षबारे पनि जानकारी दिनेमा विश्वस्त छौं । प्लाष्टिक सामग्रीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा पार्ने प्रभाव, प्लाष्टिकको पुनः प्रयोग र पुनः उत्पादनमा पनि हामीले ध्यान दिएका छौं ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।