मान्छे प्राणीहरूमा सबैभन्दा चेतनशील भनेर चिनिन्छ । यो उसको मस्तिष्कका कारण हो । तर, अनुसन्धानकर्ताले मान्छे र चराको मस्तिष्ककको बनावट उस्तै हुने तथ्य फेला पारेका छन् । लण्डनको इम्पेरियल कलेजका अनुसन्धानकर्ताले हालै गरेको एक अनुसन्धानले मान्छे र चराको मस्तिष्कको अन्य तन्तुहरूको जडान एकै किसिमको हुने बताएका छन् । त्यस्तै मानिसको मस्तिष्कले सूचना सङ्कलनका लागि जसरी काम गर्छ, त्यसरी नै चराको मस्तिष्कले पनि काम गर्ने अनुसन्धानमा पत्ता लागेको छ ।
अनुसन्धानकर्ताले लामो समयदेखि चरा र मान्छेको मस्तिष्कमा गरेको अनुसन्धानले यस्तो देखाएको हो । मस्तिष्कको वृद्धि, स्मरणशक्ति तथा समस्या समाधानको प्रक्रियाका लागि मान्छे र चराले उस्तै किसिमबाट मस्तिष्कको प्रयोग गर्ने बताइएको छ । चरा प्रजातिअन्तर्गत विभाजन गरिए पनि त्यसले लाखौं वर्षअघिदेखि मान्छेकै जस्तै किसिमले समस्या समाधान गर्ने र त्यसका लागि आवश्यक उपकरणको प्रयोग गर्ने पनि अनुसन्धानमा पत्ता लागेको छ । अनुसन्धानकर्ताले गरेका विभिन्न ३४ ओटा अध्ययनले चरा र मान्छेको बौद्धिक तीक्ष्णता पनि उस्तै हुने बताएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।