सूचना तथा सञ्चारप्रविधि क्षेत्रका व्यवसायीको छातासङ्गठनका रूपमा रहेको कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)लाई महासङ्घका रूपमा स्थापना गर्ने तयारी गरिएको छ । क्यानले यसका लागि राष्ट्रिय निर्देशन ऐन २०१८ बमोजिम महासङ्घका रूपमा स्थापना गर्न दर्ता प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । गत साउन ५ र १२ गते काठमाडौंको थापाथलीमा बसेको क्यानको विशेष साधारणसभाले यस्तो निर्णय गरेको गरेको हो ।
विशेष साधारणसभाले क्यानलाई महासङ्घका रूपमा लैजाने प्रस्तावित विधान पनि पारित गरेको छ । उक्त विधानअनुसार क्यान महासङ्घमा संस्थागत सदस्य, विषयगत सदस्य, जिल्लागत सदस्य र व्यक्तिगत सदस्यहरू रहनेछन् । महासङ्घ दर्ता गरेपछि केन्द्रीय कार्यसमिति अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनेछन् भने संस्थागत, विषयगत र व्यक्तिगत सदस्य समूहबाट दुई उपाध्यक्ष र जिल्ला शाखाबाट एक उपाध्यक्ष चयन गरिने क्यानले जानकारी दिएको छ ।
त्यस्तै संस्थागत सदस्य समूहबाट सातजना, व्यक्तिगत सदस्य समूहबाट सातजना, जिल्ला शाखाहरूबाट १० जना, विषयगत सदस्य समूहबाट दुईजना अध्यक्षसहित कुल ३१ जना क्यान महासङ्घको केन्द्रीय समितिमा रहनेछन् । क्यान सन् १९९५ देखि नेपालमा सूचना तथा सञ्चारप्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनको क्षेत्रमा कार्यरत संस्था हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।