प्रविधिमा लोप हुन लागेका शब्दहरू

Share News

सामान्यतया प्रविधिमा कुनै परिवर्तन आयो भने यसको हार्डवेयर र सफ्टवेयरको पक्षलाई बढी स्मरण गरिन्छ । तर, समयसँगै प्रविधिमा प्रयोग हुने शब्दहरू पनि परिवर्तन र लोप हुँदै जाँदा रहेछन् । यहाँ लोप हुन लागेका प्रविधिसम्बन्धी त्यस्ता केही शब्दको वर्णन गरिएको छ ।

डटकम

हुन त डटकम डोमेनको प्रयोग गरी अझै पनि वेबसाइट दर्ता गरिन्छ । तर, डटकमको जुन प्रचलन थियो, त्यो अहिले धेरै कम हुँदै गएको छ । डटकमको ठाउँ अहिले डटओआरजीले लिँदै छ ।

इमोटिकोन्स

हामीले च्याट गर्दा शब्दसँगै पठाउने रमाइला तस्वीरलाई स्माइली भनिन्छ । तर, यसको पुरानो नाम भने अलि फरक थियो । इण्टरनेटको शुरुआती अवस्थामा यस्ता तस्वीरलाई इमोटिकोन्स भनिन्थ्यो ।

डायल

डायल शब्द डायलअप फोनसँगै बढी प्रचलनमा आएको हो । अहिले फोनका लागि मोबाइलको प्रयोग हुन थालेपछि की–प्याड अथवा टचमार्फत यस्तो काम गरिन्छ । डायल शब्द पनि विस्तारै फोनको दुनियाँबाट हराउन थालेको छ ।

एएसएल

विगतका दशकमा इण्टरनेटमा च्याट गर्नुपर्‍यो भने एएसएल अनिवार्य रूपमा भर्नुपर्थ्यो । तर, यो शब्द अहिले च्याट गरिरहेकामध्ये धेरैलाई थाहा नहुन सक्छ । एएसएल च्याट गर्ने व्यक्तिको उमेर, लिङ्ग र स्थानबारे जानकारी लिने छोटकरी नाम हो । अहिले यस्ता विषयको बारेमा जानकारी लिने काम सामाजिक सञ्जालअनुसार फरक हुने गर्छ ।

ईएमएस

ईएमएस मोबाइलमा एसएमएस पठाउन प्रयोग गरिने सिष्टम हो । म्यासेजमा लेखिने अक्षरलाई बोल्ड, इटालिक अथवा अण्डरलाइन गर्नुपरेमा ईएमएसको प्रयोग हुन्थ्यो । तर, यसको ठाउँ अहिले एमएसएस र अन्य म्यासेजसम्बन्धी एप्लिकेशनले लिन थालेका छन् ।

डब्ल्यूडब्ल्यूडब्ल्यू

डब्ल्यूडब्ल्यूडब्ल्यूका बारेमा यो पुस्तालाई धेरै कुरा थाहा छ । वेबसाइटको नामअगाडि प्रयोग गरिने वल्र्डवाइड वेब सिष्टमको छोटकरी नाम नै डब्ल्यूडब्ल्यूडब्ल्यू हो । तर, अहिले यसको प्रयोग नगरी वेबसाइट खुल्न थालेपछि भने यसको प्रयोग कम हुन थालेको छ ।

मेलर डेमोन

मेलर डेमोन मेल सुविधा प्रदान गर्ने कम्पनीहरूले उपलब्ध गराउने एक किसिमको ‘एड्रेस’ हो । कुनै मेल ‘स्प्याम’ अथवा ‘बाउन्स’ भएमा यसले प्रयोगकर्तालाई सूचना उपलब्ध गराउँछ । तर, यसको काम अहिले मेलमै समावेश गरिने ‘डेलिभरी सिष्टम’ले उपलब्ध गराउँछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।