विश्वबजारमा विक्री शुरू गरिएको केही समयमै सामसुङ ग्यालेक्सी एसफोर मिनी अब नेपालमै उपलब्ध हुने भएको छ । ग्यालेक्सी एसफोरभन्दा केही सानो आकारको यो स्मार्टफोनमा ४ दशमलव ३ इञ्चको स्क्रिन प्रयोग गरिएको छ । १ सय ७ ग्राम तौल भएको यो मोबाइल बोकेर हिँड्न निकै सजिलो हुनेछ । ठूला किसिमका मोबाइललाई चलाउन दुई हात प्रयोग गर्नुपर्ने झन्झटबाट यसका प्रयोगकर्ताले मुक्ति पाउनेछन् । यसलाई एकै हातले पनि प्रयोग गर्न सकिन्छ । दुईओटा सिम प्रयोग गर्न सकिने मिनीमा १ दशमलव ७ गिगाहर्जको क्रेट प्रोसेसर प्रयोग गरिएको छ । ३ दशमलव ७८ जीबीको आन्तरिक मेमोरी क्षमतासहितको यो स्मार्टफोनमा ६४ जीबीसम्मको मेमोरी कार्ड प्रयोग गरी सजिलै प्रोग्राम रन गर्न सकिन्छ । ८ मेगापिक्सेलको क्यामेरा तथा १ दशमलव ९ मेगापिक्सेलको फ्रण्ट क्यामेराको सुविधा यसका थप आकर्षण हुन् । यसको बजारमूल्य ५१ हजार ५ सय रुपैयाँ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।