सजिलै चोरी हुने १० एटीएम पिन नम्बर

Share News

हामीले प्रयोग गर्ने एटीएमलाई अरूको भन्दा फरक बनाउने त्यसको पिन नम्बरले हो । त्यही पिन नम्बरलाई नै हामी सुरक्षाको मुख्य आधार मानेर खातामा कारोबार गर्छौं । तर, केही पिन नम्बरहरू सधैं सुरक्षित हुँदैनन् । विश्वभर वर्षेनि हजारौं मानिसको पिन नम्बर चोरी हुने गर्छ । अझ अमेरिकामा त यसको बिगबिगी नै छ । प्रत्येक वर्ष अमेरिकामा एटीएम प्रयोग गर्नेमध्य ४२ प्रतिशतले आफू पिन नम्बर चोरी हुने विषयबाट धेरै त्रसित हुने बताएको एक अध्ययनमा देखाइएको छ ।

अमेरिकाको न्याय विभागले पनि प्रत्येक वर्ष १० प्रतिशत अमेरिकी नागरिक पिन नम्बर चोरी हुने समस्याको शिकार हुने बताएको छ । यस्तोमा कसरी बच्ने त पिन नम्बर चोरी हुने समस्यबाट ? विश्वभर सामान्यतया प्रयोग हुने यस्ता १० ओटा पिन नम्बर छन्, जुन सजिलै चोरी हुने पाइएको छ । तपाईं पनि अब तल दिइएका पिन नम्बरलाई प्रयोग नगरी सुरक्षित बन्ने हो कि ? रमाइलो विषय, एक अध्ययनले ८०६८ लाई विश्वमा सबैभन्दा कम प्रयोग गरिने एटीएम पिन नम्बरका रूपमा देखाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।