एप्पल आईफोन फाइभ एस सेप्टेम्बरमा

Share News

एप्पलको नयाँ स्मार्टफोन संस्करण आईफोन फाइभ एस १ महीनाभित्र सार्वजनिक हुने भएको छ । अघिल्ला संस्करणको तुलनामा केही ढिला सार्वजनिक हुन लागेको आईफोन फाइभ एसको स्क्रिन धेरै ठूलो हुने पनि बताइएको छ । एप्पलले आईफोन फाइभभन्दा यो संस्करणमा अहिले ठूलो स्क्रिन प्रयोग हुने बताएको थियो । एप्पलको आईफोन फाइभमा ४ इञ्चको स्क्रिनको प्रयोग गरिएको थियो । स्रोतका अनुसार एप्पलले सेप्टेम्बर ६ मा यो संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।