सर्च इञ्जिनको गूगलले निर्माण गरेको एण्ड्रोइड अपरेटिङ सिष्टमको प्रयोग अत्यधिक बढेको एक अध्ययनले देखाएको छ । स्ट्राटेजी एनालिटिक्स नामक संस्थाले गरेको उक्त अध्ययनमा विश्वभरका स्मार्टफोनमध्य ८० प्रतिशतमा एण्ड्रोइड ओएस प्रयोग भएको बताइएको छ । अध्ययनले प्रत्येक १० स्मार्टफोनमध्ये आठओटामा एण्ड्रोइडको प्रयोग हुने देखाएको छ । सन् २०१३ को दोस्रो मसान्तसम्म आइपुग्दा विश्वभर १८ करोड २७ लाख मोबाइल प्रयोगमा आइसकेका छन् । यही अवधिमा एप्पलको आईफोन अपरेटिङ सिष्टम भने १४ प्रतिशत मात्र रहेको पनि बताइएको छ ।
कम्प्युटर अपरेटिङ सिष्टमको सबैभन्दा ठूलो कम्पनी माइक्रोसफ्ट भने स्मार्टफोनमा निकै कम मात्र प्रयोग भएको छ । माइक्रोसफ्ट अपरेटिङ सिष्टम प्रयोग गरिएका स्मार्टफोनको हिस्सा जम्मा ४ प्रतिशत मात्र रहेको छ । अध्ययनअनुसार समीक्षा अवधिसम्म ३ करोड ४६ लाख एण्ड्रोइड ओएसका अपरेटिङ सिष्टम प्रयोगमा आएको बताइएको छ, जुन एप्पलको सबै उत्पादनमा प्रयोग गरिएको अपरेटिङ सिष्टमभन्दा झण्डै दोब्बर हुन आउँछ । समीक्षा अवधिसम्म एप्पलका कुल १ करोड ४६ लाख उत्पादन विक्री भएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।