रोचक तथ्य, सोमवार, २८ साउन २०७०

Share News

- कम्प्युटरमा बारम्बार आउने समस्याले धेरैलाई हैरान पारेको हुन सक्छ । तर, एउटा अध्ययनले कम्प्युटरमा समस्या आएको अवस्थामा अफ गरेर पुनः अन गरेपछि यसका अधिकांश समस्या समाधान हुने देखाएको छ । अध्ययनमा भनिएको छ, कम्प्युटर अफ गरेपछि रन भएका प्रोग्राम पुनः रिफ्रेस हुने भएकाले यस्तो समस्या समाधान हुन सक्छ ।

- कम्प्यटुर खरीद गर्दा यसको र्‍याम, भिडियो कार्ड र प्रोसेसरबारे जानकारी राख्दा यसले नयाँ कम्प्युटर खरीद गर्दा सफ्टवेयरबारे धेरै जानकारी लिन सकिनेछ ।

- धेरैले अहिलेसम्म एण्टिभाइरस खरीद गरेर नै इन्ष्टल गर्छन् । तर, इण्टरनेटमा केही यस्ता एण्टिभाइरस छन्, जुन खरीद नगरी प्रयोग गर्न सकिन्छ । यस्ता एण्टिभाइरसले प्रदान गर्ने सुरक्षा पनि खरीद गरेको एण्टिभाइरसको जस्तै हुन्छ । पाण्डा क्लाउड, एभिजे तथा माइक्रोसफ्ट सेक्युरिटी यस्ता एण्टिभाइरसका केही उदाहरण हुन् ।

- तपाईंले कम्प्युटरमा सञ्चालन गरिरहेका सबै प्रोग्रामको जानकारी लिन चाहनुभयो भने कण्ट्रोल, सिफ्ट र इस्केप प्रयोग गरी हेर्न सक्नुहुन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।