पर्यटकको संख्या १७ प्रतिशतले वृद्धि ११ महीनामा १० लाखभन्दा बढीले गरे भ्रमण

Share News

 नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ महीनामा १० लाख नाघेको छ । सन् २०१८ को जनवरीदेखि नोभेम्बरसम्मको पर्यटन आगमन तथ्यांकअनुसार १० लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जानकारी  दिएको छ ।

यो संख्यामा गत १ महीनायता स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको संख्या समावेश गरिएको छैन । नेपालले लामो समयदेखि देखेको १० लाख पर्यटक संख्या भिœयाउने सपना यो वर्ष पूरा भएको बोर्डको धारणा छ । बोर्डको तथ्यांकअनुसार यो अवधिमा कुल १० लाख १ हजार ९ सय ३० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सबैभन्दा बढी पर्यटक भारतबाट र दोस्रोमा चीनबाट आएका छन् । भारतबाट अक्टोबरमा मात्रै ११ हजार ५ सय ६६ र नोभेम्बरमा १६ हजार १ सय ६७ जना पर्यटक नेपाल आएका छन् । जनवरीदेखि नोभेम्बरसम्ममा १ लाख ७८ हजार १ सय ३० जना भारतीय पर्यटकले भ्रमण गरेको बोर्डले बताएको छ । गत वर्ष यो अवधिमा भारतबाट १ लाख ४४ हजार ३ सय ७९ पर्यटक नेपाल आएका छन् । जनवरीदेखि नोभेम्बरसम्ममा १ लाख ७८ हजार १ सय ३० जना भारतीय पर्यटकले भ्रमण गरेको बोर्डले बताएको छ । गत वर्ष यो अवधिमा भारतबाट १ लाख ४४ हजार ३ सय ७९ वदेशी पर्यटकमा अमेरिकी नागरिक तेस्रो स्थानमा छन् । अमेरिकाबाट यो अवधिमा ८२ हजार ८ सय ७० पर्यटक भित्रिएका छन् । गत वर्ष अमेरिकाबाट ७३ हजार ६ सय ५० पर्यटक आएका थिए । यस्तै, बेलायतबाट ५७ हजार ५ सय ५५ जना पर्यटक आएका छन् । गत वर्ष यो संख्या ५० हजार ६ सय ५२ थियो । बढी पर्यटक आउने देशमध्येमा जर्मन पाचौं स्थानमा छ । जर्मनबाट यो वर्ष ३४ हजार ४ सय ७९ जना पर्यटक आएका छन् । गत वर्ष २८ हजार ७ सय २ जना जर्मन नागरिकले नेपाल भ्रमण गरेको बोर्डको तथ्यांकमा उल्लेख छ ।

यो वर्ष लगातार पर्यटक आगमन बढिरहेकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न सकिने विश्वास बढेको बोर्डका कार्यकारी प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले जानकारी दिए । नेपालले अन्तरराष्ट्रिय क्षेत्रमा गरेका विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम र मुलुकमा पछिल्लो समय देखिएको स्थिर राजनीतिका कारण पर्यटक आगमन बढ्दै गएको उनको धारणा छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।