ई–सेण्टरको स्थान छनोट सम्पन्न

Share News

सरकारले कम्युनिटी ई–सेण्टर निर्माण गर्न विभिन्न जिल्लाका ३० ओटा स्थान छनोट गरेको छ । ‘ई–सेण्टर निर्माण गर्न स्थान छनोटको काम सम्पन्न भइसकेको छ, ’सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव भरतबहादुर ढुङ्गानाले भने, ‘अब छिट्टै निर्माणको काम शुरू हुनेछ । ’ग्रामीण क्षेत्रमा अत्याधुनिक सूचनाप्रविधिको पहुँच पुर्‍याउने उद्देश्यले नेपाल सरकार र एशियाली विकास बैङ्कको अनुदान सहयोगमा त्यस्ता ई–सेण्टर निर्माण गर्न थालिएको हो । निर्माणका लागि हाल करीब २० करोड रुपैयाँ छुट्ट्याइएको ढुङ्गानाले जानकारी दिए । निर्माणपश्चात् समुदायलाई हस्तान्तरण गरिने यस्ता ई–सेण्टरमा ई–मेल, इण्टरनेट, फोन, फोटोकपी, फ्याक्सलगायत सूचना तथा प्रविधिसम्बन्धी विविध सुविधा हुनेछन् । निर्माणको प्रक्रियामा रहेको सूचना राजमार्गकै आम्दानीबाट सञ्चालन हुने भएकाले यस्ता ई–सेण्टर दीर्घकालीन र सुविधासम्पन्न हुने मन्त्रालयको दाबी छ ।

सरकारले ई–सेण्टरको निर्माणपश्चात् गाविस अथवा स्थानीय सङ्घसंस्थालाई सञ्चालनको जिम्मा दिने तयारी गरेको छ । ‘ई–सेण्टरबाट हुने आम्दानीले नै त्यसको दीर्घकालीन सञ्चालन हुनेछ, ’ढुङ्गानाले भने । सञ्चालकले नै त्यसको मुनाफा प्रयोग गर्न पाउने पनि उनले बताए । ई–सेण्टरका लागि प्राविधिक सम्झौता उपलब्ध गराउने विषयमा यसअघि काठमाडौं विश्वविद्यालयसँग सम्झौता भइसकेको छ ।



छनोट गरिएका स्थान

सप्तरी
- कञ्चनपुर गाविस (श्री सर्वोदय उच्च माध्यमिक विद्यालय)
- फत्तेपुर (शुभेच्छा महिला बहुमुखी सहकारी संस्था)
- भारदह (बीपी स्मारक पब्लिक माध्यमिक विद्यालय)
- बलुवा सीतापुर (श्री महेन्द्र जनता उमावि)
- बकधुवा गाविस (आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्था) सुनसरी
- जुम्का (भादगाउँ सिनबारी गाविस)
- इनरुवा (भगवती माध्यमिक विद्यालय)
- महेन्द्रनगर गाविस (महेन्द्र उच्च माध्यमिक विद्यालय)
- डुम्राहा गाविस
- खनार गाविस

भकुण्डेबेशी (काभे्र)
- मेथिनकोट गाविस (मेथिनकोट अस्पतालको अगाडि)
- कानपुर कालापानी गाविस (इलाका हुलाकको पूर्वतर्फ)
- कटुञ्जेबेशी गाविस
- छत्रेबञ्ज गाविस
- डराउने पोखरी गाविस

बनेपा/धुलिखेल
- उग्रचण्डी नाला गाविस
- बिहाबार र्‍याले गाविस
- खोपासी वडा नं १२
- पाँचखाल गाविस (ग्रामीण महिला विकास सहकारीको पूर्वतर्फ)

हेटौंडा
- चौघडा (वंशगोपाल मल्टिपल कलेज)
- रातोमाटे चुरियामाई गाविस
- बस्तीपुर बसमादी गाविस
- पदमपोखरी गाविस

बर्दिवास/ढल्केबर
- बर्दिवास गाविस वडा नं २
- ढल्केबर, धनुषा गाविस
- हाथीलैन्द गाविस वडा नं ३
- चेरू माईस्थान गाविस वडा नं ४
- कालापानी गौरीवास गाविस वडा नं ७

नेपालथोक
- कुशेश्वर दुम्जा गाविस, नेपालथोक

खुर्कोट
- भीमेश्वर गाविस वडा नं ३

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।