हामीमध्ये धेरैले मोबाइल, ल्यापटपलगायत अन्य ग्याजेट चार्ज गर्न अरूको चार्जर प्रयोग गरेका हुन सक्छौं । कहिलेकाहीँ चार्जर सँगै नहुँदा अरूको चार्जर प्रयोग गर्नु बाध्यता पनि हुन सक्छ । अरूको चार्जर प्रयोग गर्नुलाई प्राविधिक रूपमा खतरापूर्ण पनि मान्ने गरिन्छ । तर, केही यस्ता उपाय छन्, जसले तपाईंलाई अरूको चार्जर प्रयोग गर्दा सुरक्षित राख्न सक्छन् :
- पहिलो कुरा तपाईंले प्रयोग गर्न लाग्नुभएको चार्जर ग्याजेटको पोर्टसँग उपयुक्त किसिमले जोडिएको छ वा छैन, त्यो निश्चित गर्नुपर्छ । यदि चार्जर खुकुलो छ भने त्यसको प्रयोग नगर्दा राम्रो हुन्छ ।
- केही ग्याजेटको पोर्टको निर्माण निश्चित चार्जरको प्रयोग गर्न मिल्ने किसिमले मात्र गरिएको हुन्छ । अर्थात्, चार्जरमा प्रयोग गरिने पिनको सङ्ख्या तपाईंको ग्याजेटसँग नमिल्न सक्छ । एप्पलका केही त्यस्ता ग्याजेट छन्, जुन त्यसका उत्पादनका लागि मात्र प्रयोग गर्न सकिन्छ । त्यस्ता चार्जरको प्रयोग नगर्नु राम्रो हुन्छ ।
- चार्जर तपाईंको ग्याजेटमा ‘फिट’ भएपछि यसको भोल्टेज तथा एम्पियरबारे पनि जानकारी लिनुपर्छ । भोल्टेज बढी अथवा कम भएको अवस्थामा चार्जर नजोड्नुहोस् । यस्तो अवस्थामा मोबाइल पड्कन पनि सक्छ । याद राख्नुहोस्, धेरै ग्याजेटको चार्जरमै भोल्टेज लेखिएको हुन्छ ।
- यूएसबी प्रयोग गरेर चार्ज गरिने कतिपय ग्याजेटमा पनि धेरै समस्या आउन सक्छ । यस्तो अवस्थामा सम्पूर्ण प्राविधिक जानकारी लिएर मात्र प्रयोग गर्नुपर्छ ।
- सस्तोमा चार्जर उपलब्ध भयो भन्दैमा त्यो खरीद गर्नुहुँदैन । सस्तो र ननब्राण्डेड चार्जरले बढी विद्युत् खपत गर्नुका साथै तपाईंको ग्याजेटलाई पनि खतरामा पार्न सक्छ ।
- ब्राण्डेड चार्जरको प्रयोगले ग्याजेट छिट्टै चार्ज गर्छ । यसले ग्याजेट पड्कने सम्भावनालाई पनि कम गर्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।