कैलाशको शाखा रामपुरमा

Share News
काठमाडौं (अस) । देशका सबै वर्गसम्म वित्तीय पहुँच पु¥याउने उद्देश्यले कैलाश विकास बैंकले थप शाखा सञ्चालन गरेको छ । शाखा विस्तारका क्रममा बैंकले रूपन्देहीको सैनामैना नगरपालिका–६, रामपुरमा शाखा सञ्चालन गरेको छ । बिहीवार आयोजित एक कार्यक्रमबीच सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले उक्त शाखाको उद्घाटन गरेका हुन् । योसमेत गरी बैंकको शाखा सङ्ख्या ७७ पुगेको सो अवसरमा जानकारी दिइयो । थप शाखा सञ्चालनले स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैंकको भनाइ छ । बैंकले निकट भविष्यमा देशका विभिन्न स्थनामा शाखा सञ्चालनको तयारी गरेको सो अवसरमा बताइयो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।