महालक्ष्मीको चिप प्रणालीमा आधारित डलर कार्ड

Share News
काठमाडौं (अस) ।  महालक्ष्मी विकास बैंकले चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सार्वजनिक गरेको छ । संसारको जुनसुकै ठाउँबाट हुने कार्डसम्बन्धी बैंकिङ कारोबारलाई सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सञ्चालनमा ल्याइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त कार्डको प्रगोग गरी भारतबाहेकका मुलुकबाट आवश्यक विदेशी मुद्रामा रकम झिकी प्रयोग गर्न सकिने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।