काठमाडौं (अस) । सबै तहमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले शाखा सञ्चालनलाई तीव्रता दिएको राष्ट्रिय वाणिज्य बैंकले गुल्मीक रुरु गाउँपालिका–१, रिडी बजारमा शाखा स्थापना गरेको छ । बिहीवारदेखि उक्त शाखबाट कारोबार सञ्चालन गरिएको हो ।। यो बैंकको २१०औं शाखा हो । शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैंकको भनाइ छ ।
बैंकले नयाँ सम्भाव्य क्षेत्रमा शाखा स्थापना गरी दिगो आर्थिक बिकासको लागि वित्तीय पहुँच विस्तार गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैंकले जानकारी
दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।