खेल शुरू भएपछि त्यसका महत्वपूर्ण क्षण (विशेषगरी गोल)लाई मोबाइलमा पठाउने व्यवस्था गरिएको हुन्छ । नेपाली टीमको खेल भएको दिन प्रयोगकर्ताले त्यसका मुख्य क्षणहरू मोबाइलमै प्राप्त गर्न सक्छन् । जस्तो कि मैदानमा प्रवेश गर्दाको क्षण, खेलाडीले गोल हानेको तथा दर्शकको होहल्ला पनि मोबाइलमै हेर्न सकिन्छ ।
आजको ६ दिनपछि साफ च्याम्पियनशिप शुरू हुँदै छ । नेपालसहित दक्षिण एशियाका अन्य सात देशका राष्ट्रिय फूटबल टोलीबीचको घमासान प्रतिस्पर्धा पनि हो यो च्याम्पियनशिप । भन्नेहरू त भन्छन् ‘साफ च्याम्पियनशिप दक्षिण एशियाली राष्ट्रका फूटबल टीमको तागत जाँच्ने अवसर हो । ’दक्षिण एशियाली राष्ट्रमा सबैभन्दा ‘डाइहार्ट फ्यान’ रहेका नेपाली दर्शकका लागि यो साफ च्याम्पियनशिप अझ बढी महत्वपूर्ण छ । कारण, यसपटक नेपालमै सञ्चालन हुँदै छ यो प्रतिस्पर्धा । तर, रङ्गशालाको सीट क्षमता र सबै ठाउँ टेलिभिजनको पहुँच नहुँदा सबैले फूटबल हेर्न भने नपाउन सक्छन् । विदेशमा रहेका फ्यान पनि यस्तो खबरबाट अलि निराश हुने गर्छन् । आखिर, देशकै इज्जत राख्ने प्रतिस्पर्धा हेर्न मन कसलाई हुँदैन र ?
जेहोस्, राष्ट्रियताको संवेग जगाउने साफ च्याम्पियनशिप हेर्नबाट अब टाढा हुनुपर्नेछैन । जुनसुकै ठाउँमा भए पनि अब तपाईंले आफ्नै मोबाइलमा साफ च्याम्पियनशिपको अपडेट पाउनुहुनेछ, त्यो पनि भिडियोसहित । च्याम्पियनशिपको मार्केटिङ गरिरहेको सिङ्गापुरको वल्र्ड स्पोर्ट्स गू्रप र नेपाली खेलकुदसम्बन्धी अनलाइन गोलनेपाल डटकमको संयुक्त प्रयासमा यो काम सम्भव भएको हो । यसका लागि गोलनेपाल डटकमले स्वीडेनको कम्पनी वनटूथ्रीअनले निर्माण गरेको एप्लिकेशन प्रयोगका लागि सम्झौता गरेको कम्पनीका सीईओ विक्रम थापाले बताए । वनटूथ्रीअनले इटालियन सिरिए, अमेरिकन अमेच्युर फूटबल तथा टेनिसजस्ता खेलको भिडियो रिङटोन उपलब्ध गराउने काम गर्दै आएको छ । उसैले निर्माण गरेको सफ्टवेयरलाई नै गोलनेपालले प्रयोगमा ल्याएको हो । ‘देशविदेशमा नेपाली फूटबलको थप प्रवद्र्धन गर्न एप्लिकेशन प्रयोग गर्ने सम्झौता गरेका हौं, ’थापाले भने, ‘नेपाली खेलकुद इतिहासमा एप्लिकेशन प्रयोग गरेर अपडेट गर्ने यो पहिलो प्रयास हो ।’
मोबाइलमै गोलको भिडियो
भिडियोका लागि एण्ड्रोइड अपरेटिङ सिष्टम प्रयोग गरिएको स्मार्टफोन हुनुपर्छ । स्मार्टफोन प्रयोगकर्ताले गूगल प्लेस्टोरमा गएर ‘साफ भिडियो कल स्क्रिन’ सर्च गरेर एप्लिकेशन डाउनलोड गर्न सक्छन् । खेल शुरू भएपछि त्यसका महत्वपूर्ण क्षण (विशेषगरी गोल)लाई मोबाइलमा पठाउने व्यवस्था गरिएको हुन्छ । नेपाली टीमको खेल भएको दिन प्रयोगकर्ताले त्यसका मुख्य क्षणहरू मोबाइलमै प्राप्त गर्न सक्छन् । जस्तो कि मैदानमा प्रवेश गर्दाको क्षण, खेलाडीले गोल हानेको तथा दर्शकको होहल्ला पनि मोबाइलमै हेर्न सकिन्छ । यसले एप्लिकेशन इन्ष्टल गरेको छ, उसको मोबाइलमा मात्र यो सुविधा उपलब्ध हुन्छ । तर, यति मात्र भएर पनि हुँदैन । एप्लिकेशन डाउनलोड गरिसकेपछि प्रयोगकर्ता इण्टरनेटको पहुँचमा भएको हुनुपर्छ । गोलनेपालले त्यस्ता क्षण कैद गरिएका भिडियोलाई रिङटोनका रूपमा मोबाइलमा पठाइदिने काम गर्छ । रिङटोन बजेपछि त्योसँगै भिडियो पनि हेर्न सकिन्छ । कुनै काममा व्यस्त भइरहँदा पनि रिङटोन बजेपछि खेलबारे ‘अपडेट’ भने सजिलै हुन सकिन्छ । खेल शुरू हुनुअघि बज्ने राष्ट्रिय टीमको धुन, दर्शकको चिच्याहट अथवा कमेण्ट्रीलाई धुनका रूपमा मोबाइलमा पठाइन्छ । तपाईंको मोबाइलको रिङटोनजस्तै काम यी धुनहरूले गर्नेछन् । तर, यस्तो सुविधा भने खेल अवधिभर हुँदैन । खेल सकिएको बढीमा एक घण्टाभित्रमा यस्तो सुविधा उपलब्ध गराइदिने प्रयासमा कम्पनी लागिपरेको छ । ‘प्रत्येक भिडियो बढीमा ३० सेकेण्डसम्मका हुन्छन्, ’थापाले भने, ‘तर यो आफ्टर म्याच (खेल सकिएपछि) पछि मात्र उपलब्ध हुनेछ । ’कुनै पनि दर्शक खेलको महत्वपूर्ण क्षणबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले यस्तो गरिएको उनको भनाइ छ ।
साफका सबै राष्ट्रलाई
प्लेस्टोरमा उपलब्ध कुनै पनि एप्लिकेशन सबैले डाउनलोड गर्न सक्छन् । त्यस्तै, यो एप्लिकेशन पनि कुनै राष्ट्रविशेषका लागि मात्र भने होइन । साफ च्याम्पिनशिपमा रुचि राख्ने जोकोहीले यसको प्रयोग गर्न सक्छन् । तर, यो सफ्टवेयर साफ राष्ट्रका दर्शकका लागि अलि विशेष हुन सक्छ । त्यसका लागि एप्लिकेशनमा गएर गोलनेपाल नामको कोड टाइप गर्नुपर्छ । त्यसभित्र आफ्नो देश सेलेक्ट गरेर खेलको ‘अपडेट’ राख्न सकिन्छ । त्यसमा पनि आफ्नो कुनै मनपर्ने खेलाडीको भिडियो पनि हेर्न सकिन्छ । भिडियो हेर्ने सुविधा अहिलेलाई निःशुल्क उपलब्ध छ ।
सेवाबापत १ दशमलव ५ डलर
निःशुल्क एप्लिकेशन डाउनलोड गरिरहेकालाई यो खबर अलि नमीठो लाग्न सक्छ । साफ च्याम्पियनशिपको अपडेट गराउने यो एप्लिकेशन इन्ष्टल गर्न तपाईंले १ दशमलव ५ डलर भने तिर्नुपर्ने हुन्छ । उक्त रकम आफ्नो क्रेडिट कार्ड अथवा पेपालजस्ता सफ्टवेयरको प्रयोग गरेर पनि तिर्न सकिन्छ । उक्त रकम तिरिसकेपछि तपाईंले खेल अवधिभरका भिडियो प्राप्त गर्न सक्नुहुन्छ । यो रकम साफ च्याम्पियनशिपको मार्केटिङ पार्टनर तथा निर्माणकर्ता स्वीडेनी कम्पनीमा खर्च हुने थापाले बताए । ‘यसबाट हामीलाई आर्थिक फाइदा हुँदैन, ’उनले भने, ‘हामी त फूटबलको प्रवर्द्धनमा मात्र लागेका हौं ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।