पुस १६, काठमाडौं (अस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतका डिट्ठा (खरिदार) विदुर पोखरेललाई सेवाग्राहीसँग घुस लिएको आरोपमा सोमवार पक्राउ गरेको छ ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालले पोखरेलले सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला पारेको जानकारी दिए । पोखरेलले बण्डा मुचुल्का बनाउनको लागि सेवाग्राहीसँग घुस लिएको आरोप अख्तियारको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।