आईटी क्विज, सोमवार, १७ भदौ २०७०

Share News

- क्युबेसिकको पूरा रूप के हो ?
 क्विक बिगिनर्स अल पर्पोज सिम्बोलिक इन्ष्ट्रक्शन कोड

- टाइप राइटरको निर्माता भनेर कसलाई चिनिन्छ ?
 क्रिस्टोफर ल्याथेम सोल्स, उनले सन् १८६८ मा यसको निर्माण गरेका थिए ।

- आधुनिक विज्ञानका पिता भनेर कसलाई चिनिन्छ ?
 ग्यालेलियो ग्यालेली

- विभिन्न अवसरमा आफ्नै नामसमेत भुल्ने गरेको पहिचान भएका वैज्ञानिक को हुन् ?
 थोमस अल्वा एडिशन

- टेलिभिजनका निर्माता भनेर कसलाई चिनिन्छ ?
 जेएल बियर्ड (सन् १९२५)

- टेलिफोनको आविष्कार कसले गरेका थिए ?
 एलेक्जेण्डर ग्राहम बेल (सन् १८७६)

- स्टिम इञ्जिनको आविष्कार कसले गरेका हुन् ?
 जेम्स वाट

- बगांचामा बस्दै गर्दा स्याउ खसेको देखेर अचम्ममा पर्दै एक वैज्ञानिकले गुरुत्वाकर्षणको खोज गरेका थिए । उनको नाम के हो ?
 सर आइज्याक न्यूटन

- चन्द्रमामा पाइला हाल्ने पहिलो मानवका रूपमा नील आर्मस्ट्रङलाई चिनिन्छ । त्यस्तै यहाँ पाइला टेक्ने दोस्रा व्यक्ति को हुन् ?
 बज एल्ड्रिन, उनी नील आर्मस्ट्रङसँगै उक्त मिशनमा गएका थिए । तर, रकेटबाट उनी नीलभन्दा पछि निस्केका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।