हेजिङ नियमावली स्वीकृत, विभिन्न पाँच क्षेत्रका आयोजना विकासमा सुविधा (नियमावलीसहित)

Share News

फागुन १६, काठमाडौं (अस) । १०० मेगावाट वा त्यो भन्दा धेरै क्षमताको जलविद्युत् उत्पादनका लागि हेजिङ सुविधा उपलब्ध हुने भएको छ । मन्त्रिपरिषदले स्वीकृत गरेको हेजिङ सम्बन्धी नियमावली, २०७५ अनुसार उक्त सुविधा उपलब्ध हुने भएको हो । नियमावलीले प्रसारण लाइन, रेल, मेट्रो तथा मोनो रेल, द्रुत मार्ग जस्ता परियोजनाहरूमा विकास गर्ने लगानीकर्ताले यो सुविधा पाउने छन् ।

विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको विनिमय दरमा हुने उतारचढावका कारण आयोजनाहरूको विकासमा अनुमानित लगानीमा धेरै फरक आउन थालेपछि लगानीकर्ताहरूले यो समस्या समाधान गर्न सरकार समक्ष माग गरेका थिए । हेजिङको व्यवस्था भएपछि यसरी आउने मुद्राको विनिमय दरको जोखिम कम हुन जान्छ । जब कुनै परियोजनाको लगानी हेज गरिन्छ, तब विनिमय दर सोही दिनको मूल्यमा निर्धारित हुन्छ । त्यसपछि उक्त आयोजना सम्पन्न हुँदासम्म विनिमय दरमा आउने उतार चढावको प्रभाव आयोजनाले भोग्नु पर्दैन ।

हेजिङ सुविधा पाउने क्षेत्र

  • १०० मेगावाट वा त्योभन्दा धेरै क्षमताको जलविद्युत् उत्पादन
  • २०० केभी वा त्योभन्दा बढी क्षमताका ३० किलोमिटरभन्दा लामो विद्युत प्रसारण लाइन निर्माण
  • १० किलोमिटरभन्दा लामो रेल, मेट्रो रेल तथा मोनो रेल निर्माण
  • ५० किलोमिटरभन्दा लामो द्रुतमार्ग निर्माण
  • मन्त्रिपरिषदले तोकेका अन्य परियोजनामा
मन्त्रिपरिषदले स्वीकृत गरेको हेजिङ सम्बन्धी नियमावली, २०७५ :-

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।