शिखरको ‘दशैंमै चुनाव पक्का’ उपहार योजना

Share News

शिखर शू इण्डष्ट्रिज प्रालिले दशैं, तिहार एवम् छठको उपलक्ष्यमा ‘शिखर शुज दशैंमै चुनाव पक्का’ उपहार योजना ल्याएको छ । यस उपहार योजनामा शिखर शुजले सामाजिक उत्तरदायित्वका रूपमा सामाजिक सन्देश दिन खोजेको बताएको छ । उपहार योजनाअन्तर्गत हरेक शिखर शुजको खरीदमा प्राप्त हुने कार्ड स्क्र्याच गरी रू. ७५ देखि ५ लाखसम्मको नगद उपहार तथा ५ देखि  शतप्रतिशतसम्म नगद छूट रहेको बताइएको छ । साथै बम्परमा ‘फोर्ड फिगो कार’ उपहार रहेको बताएको छ ।  कम्पनीले ५० भन्दा बढी मोडलका नयाँ जुत्ता बजारमा ल्याएको बताएको छ । कम्पनीले हालसम्म १८ ओटा शोरूम खोलिसकेको कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसार्इंले बताए ।

१६ वर्षअघि १० लाख रुपैयाँको लगानीमा स्थापना भएको शिखर शुजले हाल नेपाली ब्राण्डका जुत्ताको बजारमा करीब ४५ प्रतिशत हिस्सा ओगटेको बताएको छ । काठमाडौंको गोलढुङ्गामा रहेको कारखानामा ३ सय ५० जनाले रोजगारी पाएका छन् । यसले गतवर्ष १ लाख ५० हजार जोर जुत्ता उत्पादन गरेको थियो । यस वर्ष भने ३ लाख जोर जुत्ता उत्पादन गर्ने लक्ष्य राखेको प्रसार्इंले बताए । यो लक्ष्य पूरा गर्न कम्पनीले हालै मात्र नयाँ प्लाण्ट थप गरेको छ । उक्त प्लाण्टको उत्पादन क्षमता दैनिक ५ हजार जोर रहेको छ । हाल कम्पनीले दैनिक ५ सयदेखि ७ सय जोर जुत्ता उत्पादन गर्दै आएको छ । कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चापदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ । शिखर शुज विक्रीका लागि नेपालमा १३ ओटा शोरूम रहेका छन् । अहिले ८ सयभन्दा बढी पसलबाट शिखरका जुत्ता विक्री हुने गरेको प्रसाईंले बताए । शिखरका हरेक जुत्तामा मूल्य टाँसिएका कारण जुनसुकै स्टोरबाट खरीद गरे पनि एउटै मूल्य पर्छ । कम्पनीले आफ्ना उत्पादनमा ६ महीनाको वारेण्टी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।