चाडपर्वका लागि सात नयाँ मोडलका जुत्ता

Share News

टिपिकल फूडवेयर इण्डष्ट्रिजले दशैं, तिहार र छठपर्वलाई लक्षित गरी थप सात नयाँ मोडलका जुत्ता बजारमा ल्याउने भएको छ । कम्पनीले पार्टी शुज, क्याजुअल र स्पोर्ट शुजका सात नयाँ मोडलका जुत्ता बजारमा ल्याउन लागेको बताएको छ । ‘हामीले उपहारको व्यवस्था गरेका त छैनौं । यद्यपि, नयाँ मोडलका जुत्ता उपभोक्तामाझ पठाउँछौं,’ कम्पनीका सञ्चालक रामकृष्ण श्रेष्ठले भने, ‘बजारमा आउन लागेका जुत्ताको मूल्य ९ सय ५० देखि १ हजार ५ सय रुपैयाँसम्म पर्छ ।’ करीब ५ वर्षअघि टिपिकल ब्राण्डमा जुत्ता उत्पादन गर्न थालेको कम्पनीले हाल दैनिक ५० जोर जुत्ता बजारमा ल्याएको छ । कम्पनीद्वारा उत्पादित जुत्ता आरामदायी हुनुका साथै सस्तो मूल्यमा बजारमा पाइने श्रेष्ठले बताए । स्कूल तथा कजेलका विद्यार्थीलाई लक्षित गरी कम्पनीले जुत्ता उत्पादन शुरू गरेको हो । हाल विद्यार्थीलाई मात्र नभई अफिस तथा खेलाडीलाई आवश्यक पर्ने जुत्तासमेत बजारमा ल्याएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।