सचिनकुमार श्रेष्ठ
ब्राण्ड म्यानेजर, यूएफओ
नेपाली बजारमा यूएफओ ब्राण्डको अवस्था के छ ?
सन् १९९६ मा स्वदेशी कम्पनीका रूपमा स्थापित यूएफओका उत्पादन नेपालमा धेरै रुचाइएका छन् । धेरैलाई यो अझै विदेशी कम्पनी हो भन्ने भ्रम छ । यो ब्राण्डका सामग्री चीन, हङकङबाट आयत गरिनुका साथै केही स्वदेशमै उत्पादन हुन्छ । यो खासगरी युवापुस्तामा बढी लोकप्रिय छ । यसका काठमाडौंभित्र १० ओटा र बाहिर ६ ओटा जिल्लामा रिटेल आउटलेट छन् । हामीकहाँ ५ सयदेखि ५ हजार रुपैयाँसम्मका लेडिज तथा जेन्स क्याजुअल कपडा उपलब्ध छन् ।
दशैंको अवसरमा यूएफओले छूट अफर राखेको छ कि छैन ?
हाम्रा उत्पादनमा मुनाफा मार्जिन एकदमै कम राखिएको हुन्छ । त्यसकारण अरू बेला ‘फिक्स प्राइस’ राखिने हाम्रा आउटलेटहरूमा दशैंका लागि ५ प्रतिशत छूट दिएका छौं । दशैंको मौका छोपेर हामी स्टक क्लियरेन्सका पुराना सामग्री राख्दैनौं, नयाँ सामग्री भित्र्याउँछौं । अर्को कुरा, अग्रिम मूल्य बढाएर छूट अफर राख्ने हाम्रो प्रचलन छैन । स्टक क्लियरेन्सका बेला भने हामी पनि ३०/४० प्रतिशतसम्म सेल अफर राख्छौं ।
छूट अफर राखेपछि व्यापारको अवस्था कस्तो छ ?
स्वाभाविक रूपमा छूट दिएपछि व्यापारमा वृद्धि हुन्छ । हाम्रा नियमित ग्राहक पनि धेरै छन् । थोरैजस्तो देखिए पनि धेरै ग्राहक छूट अफर पर्खेर बसेका हुन्छन् । अफरले हाम्रो ब्राण्डका सामान किन्न चाहने नयाँ ग्राहकलाई पनि आकर्षित गर्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।