तपाईंको मोबाइलमा एसएमएस अथवा कुनै सूचना आउँदा अब रिङ्टोनमात्र होइन, विभिन्न वस्तुको गन्ध पनि आउने भएको छ । जापानको सेण्टी नामक कम्पनीले स्मार्टफोनलाई लक्षित गरी निर्माण गरेको यो प्रविधिले एसएमएस, ई–मेल अथवा सामाजिक सञ्जालको सूचना आउँदा त्यससँगै गन्ध आउने नयाँ डिभाइसको निर्माण गरेको छ । कम्पनीले निर्माण गरेको उक्त डिभाइसलाई स्मार्टफोनमा जडान गरेपछि गन्ध आउनेछ । कम्पनीले यसका लागि स्मार्टफोनमा विभिन्न वस्तुको सूचीसमेत प्रदान गर्नेछ । त्यही सूचीमध्येबाट प्रयोगकर्ताले कुनै एउटा छनोट गरी गन्ध पाउन सक्नेछन् ।
सेतो रङमा उपलब्ध उक्त डिभाइसलाई अलार्मको सूचनामा पनि प्रयोग गर्न सकिनेछ । हेडफोन जडान गरिने ठाउँमा यसलाई राख्न सकिन्छ । प्रयोगकर्ताले त्यसपछि स्याउ, नरिवल, कफीजस्ता विभिन्न वस्तुको गन्ध एसएमएससहित पाउन सक्नेछन् । यो डिभाइसको मूल्य ३५ डलर पर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।