शहर उज्यालो बनाउन कम्युटरीकृत ऐना

Share News

सबैलाई थाहा भएकै विषय हो, उज्यालोका लागि बिजुलीको प्रयोग हुन्छ । तर, विगत धेरै वर्षदेखि सूर्यको प्रत्यक्ष किरणबाट वञ्चित नर्वेको रुकान शहरमा भने उज्यालोका लागि कम्युटरीकृत ठूला ऐना प्रयोग गरिने भएको छ । उपत्यकाको रूपमा रहेको यो शहरवरिपरिका डाँडामा त्यस्ता किसिमका ऐनाको प्रयोग गरिनेछ ।
कम्प्युटरको आधारमा सूर्यको गतिसँगै ती ऐनाहरू विस्तारै सर्दै जान्छन् । सूर्यको प्रकाश जताजता सर्छ, त्यतै यी ऐनाहरू पनि सर्नेछन् ।

नर्वेको राजधानी ओस्लोबाट ९० माइलको दूरीमा रहेको यो शहरमा तीनओटा ठूला ऐनाको प्रयोग हुनेछ । आगामी बिहीवारदेखि औपचारिक प्रयोगमा ल्याइने यो योजनाबाट शहरवासीले वास्तविक सूर्यको प्रकाशको क्षमता भने नपाउन सक्छन् । ऐनाबाट परावर्तित हुँदा प्रकाशको क्षमता पनि घट्ने भएको हो । त्यसरी परावर्तन हुने प्रकाशले शहरको अधिकांश भागमा उज्यालो पार्न सक्ने बताइएको छ । यद्यपि, शहर उज्यालो पार्ने यस्तो योजना त्यहाँका लागि नयाँ भने होइन । करीब १ सय वर्षअघि शहरका संस्थापक साम आइडेले यस्तो योजना ल्याइसकेका थिए । तर, त्यतिबेला यस्तो किसिमको प्रविधि जडान गर्न सम्भव थिएन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।