गूगलले ल्यायो हस्तलिखित ई–मेल

Share News

कम्प्युटरमा टाइप गरेर ई–मेल गरिरहेकाहरूले अब नयाँ किसिमको टूल प्रयोग गर्न पाउनेछन् । सर्च इञ्जिन गूगलले जीमेल र गूगल डकुमेण्टमा हातले नै लेख्न सकिने नयाँ सुविधा थप गरेको छ । माउसको कर्सर प्रयोग गरेर प्रयोगकर्ताले हातले जस्तै गरेर कम्प्युटरमा लेख्न सक्नेछन् । गूगलले त्यसरी लेखिएका शब्दलाई टाइप गरेका अक्षरजस्तै र त्यसको समान अर्थसहितको शब्द पत्ता लगाउन पनि सहयोग गर्नेछ ।

जीमेल प्रयोगकर्ताका लागि यस्तो सुविधा ५० ओटा भाषामा उपलब्ध छ । त्यस्तै, गूगल डकुमेण्ट प्रयोगकर्ताले विभिन्न २० ओटा भाषामा लेख्न सक्नेछन् । यस्तो सुविधाले धेरै प्रयोगकर्तालाई इण्टरनेटको प्रयोग गर्न सिकाउने गूगलले बताएको छ । हातले लेखे पनि सही शब्द पत्ता लाग्ने भएकोले इण्टरनेट प्रयोग बढ्न सक्ने कम्पनीको तर्क छ । यसका लागि प्रयोगकर्ताले जीमेल र गूगल डकुमेण्टको सेटिङ अप्शनमा गएर ल्याङ्ग्वेज सेटिङ अप्शनमा जानुपर्नेछ । त्यसपछि त्यहाँ देखाइने ‘शो अल ल्याङ्ग्वेज अप्शन’ क्लिक गरेर ‘इनेबल इन्पुट टूल्स’मा जानुपर्नेछ । त्यहाँ गूगलले उपलब्ध गराएका सबै किसिमका किबोर्ड सुविधा उपलब्ध छन् । ती किबोर्डमध्ये पेन्सिनलको आइकन प्रयोग भएको किबोर्ड सेलेक्ट गरेपछि हस्तलिखित टूल प्रयोग गर्न सकिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।