वीरगञ्ज पब्लिक कलेजलाई आईएसओको मान्यता

Share News
वीरगञ्ज (अस) । वीरगञ्ज पब्लिक कलेज (बीपीसी)लाई बेलायतको युनाइटेड रजिष्ट्रार अफ सिस्टमले आईएसओ ९००१ : २०१५ को मान्यता प्रदान गरेको छ । कलेजका कार्यकारी निर्देशक डा. दीपक शाक्यले शुक्रवार साँझ वीरगञ्जमा पत्रकार सम्मेलन गरी कलेजलाई गुणस्तरीय व्यवस्थापन प्रणालीका लागि सो प्रमाणपत्र प्राप्त भएको जानकारी दिए । बीपीसीले सो अन्तरराष्ट्रिय पहिचानका लागि २ वर्षअघि आवेदन दिएको थियो । बेलायती संस्थाले कलेजको पूर्वाधार, विद्यार्थी संख्या, पुस्तकालय, अभिभावक, प्राध्यापकलगायतका १२० ओटा पक्षको अध्ययन गरी आईएसओ प्रदान गरेको शाक्यले बताए । कलेजले सो प्रमाणका लागि आवेदन गरेयता संस्थाले ४ पटक कलेजमै आएर स्थलगत अडिट गरेको थियो । सो संस्थाले बीपीसीलाई आगामी ३ वर्षका लागि आईएसओ दिएको हो । सो समयसीमापछि आईएसओका लागि पुनः आवेदन गर्नुपर्ने प्रावधान रहेको शाक्यले जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।