पहिरोबाट विस्थापितलाई लालपुर्जा वितरण

Share News
बागलुङ (अस) । बागलुङको काठेखोला गाउँपालिका–५, विहुँमा पहिरोबाट विस्थापित १० परिवारलाई पुनःस्थापनाका लागि जग्गा उपलब्ध गराइएको छ । २०७५ असारमा पहिरोले बस्ती नै भासिएपछि विस्थापित भएका उनीहरूलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले हालै लालपुर्जा वितरण गरेको हो । सो जग्गा प्राधिकरणले रू. २० लाखमा खरीद गरेको एकाइका प्रमुख इन्जिनीयर रामाशीष शाहले बताए । उक्त बस्तीमा १४ परिवार रहे पनि ४ परिवारको अन्यत्र जग्गा भएकोले जमीन उपलब्ध नगराइएको उनले जानकारी दिए । उनका अनुसार उक्त जग्गामा एकीकृत बस्ती निर्माण हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।