वैशाख १८, काठमाडौं (अस) । हरियाली दृष्यले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ भन्ने कुरा बेलाबेलामा तपाईले सुन्नुभएकै होला । काठमाडौंको भीडभाड र कोलाहलका बीचमा तपाई आफ्नै सुरमा यात्रा गरिरहँदा कतै हरियाली वातावरण देख्दा पक्कै पनि आनन्द महशुस हुँदो हो । काठमाडौंका विभिन्न सडकखण्डमा अहिले हरियाली अभियान सञ्चालन भई रुखविरुवा रोपिएको छ भने कतिपय सडकखण्डमा रुखविरुवा रोप्ने क्रम चलिरहेको पनि छ ।
यहाँ हामी कुरा गर्दैछौं नेपालकै पहिलो ६ लेनको सडक, तीनकुने-माइतीघर सडकखण्डको । यो सडकमा हामीले यात्रा गर्न थालेको ५ वर्ष भैसकेको छ । यो सडकमा यात्रा गर्दा सवारीसाधनका साथै पैदलयात्रुको समेत अत्यधिक चापका कारण यो सडकखण्डको मुख्य चोक नयाँ वानेश्वरमा सधैंजसो ट्राफिक जाम हामीले देखिरहेका छौं । ट्राफिक जाम र सवारी चापका अलावा यो सडकमा हामीले हरियाली पनि देख्न पाउँछौं । २ दशमलव ६ किलोमीटर दूरीको यो सडकखण्डमा देखिने केही हरियाली दृष्य आर्थिक अभियानका लागि प्रदीपकुमार श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेर ल्याएका छन् । हेरौं न कस्तो रैछ माइतीघर–तीनकुने सडकखण्डको हरियाली !









सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।