२१ वर्षदेखि घाटामा आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकप यस वर्ष फाइदामा (कति कमायो ?)

Share News

वैशाख २१, धरान (अस) । विगत २१ वर्षदेखि घाटामा आयोजना हुँदै आएको पूर्वकै सबैभन्दा पुरानो फूटबल प्रतियोगिता बुढासुब्बा रेडबुल गोल्डकप यस वर्ष भने १२ लाख रुपैयाँभन्दा बढी फाइदामा गएको छ ।

धरान फूटबल क्लबले निरन्तर आयोजना गर्दै आएको प्रतियोगिताको २१ औं संस्करण भने फाइदामा गएको बताएको छ । बिहीवार एक कार्यक्रम मार्फत आयोजक धरान फूटबल क्लबले आय व्यय सार्वजनिक गरेको छ । क्लबका अनुसार २१ औं संस्करणमा १२ लाख ३४ हजार ७७० रुपैयाँ नाफा भएको छ । अघिल्लो संस्करणहरुमा १८ औं संस्करणमा केही नाफा भएको थियो । यस वर्ष भन उल्लेख्य आम्दानी गर्न सफल भएको क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीले बताए ।

उनका अनुसार विभिन्न प्रायोजक, सहयोगी संस्था र गेट टिकटबाट समेत गरी कुल ७९ लाख ४७ हजार ५७० रुपैयाँ आम्दानी भएको थियो भने प्रतियोगितामा ६७ लाख १२ हजार ८०० रुपैयाँ खर्च भएको थियो । गत माघ २६ गतेदेखि फागुन ४ गतेसम्म धरान १६ स्थित रंगशालामा प्रतियोगिता सञ्चालन भएको थियो ।

नाफा भएको रकममध्ये १ लाख ११ हजार १११ रुपैयाँ इलाका प्रहरी कार्यालय हिरासत भवन निर्माण समितिलाई र २५ हजार रुपैयाँ आसरा सुधार केन्द्र धरान–६ लाई सहयोग गरिएको क्लबले बताएको छ । क्लबका अध्यक्ष किसोर राईले आम्दानीको १५ प्रतिशत धरानको सामाजिक कार्यमा खर्च गरिने जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।