वैशाख २३, दैलेख (अस) । जिल्लाका ४० जना महिलालाई मोवाईल मर्मतबारे तालिम प्रदान गरिएको छ । नारायण नगरपालिका, महावु गाउँपालिका, गुराँस गाँउपालिकाका विभिन्न वडाका ४० जना महिलालाई उक्त तालिम प्रदान गरिएको हो ।
गोगनपानीस्थित् पार्वती माध्यामिक विद्यालयमा २० जना र महिला सशक्तिकरण मञ्च दैलेखको कार्यालयमा २० जना महिला मोवाइल मर्मत गर्न सिकिरहेका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ईभेन्ट परियोजना दोस्रोको आर्थिक सहयोग, युनाईटेड टेक्निकल टेनिभ एजुकेशन प्रा.लि.को प्रविधिक सहयोग तथा महिला सशक्तिकरण मञ्च नेपाल दैलेखको समन्वयमा तालिम प्रदान गरिएको हो ।
महिलाहरुले विहान ५ बजे देखि वेलुका ८ बजे सम्म काम गर्ने भएपनि कामको मुल्याँङकन नहुने भएपछि उनिहरुलाई सिप विकासमार्फत् आयआर्जन बढाउना तालिम प्रदान गरिएको महिला सशक्तिकरण मञ्चकी अध्यक्ष सुनिता चन्दले बताइन् । महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालिम संचालन गरिएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।