सिमकोटलाई पर्यटकीय गन्तव्य बनाइने

Share News

वैशाख २४, हुम्ला । कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र नभई कर्णालीका १० जिल्लानै पर्यटनको प्रचुर सम्भावना बोकेका स्थान हुन् । हुम्ला कैलाश मानसरोवर दर्शन मार्ग भएकाले सिमकोट गाउँपालिकालाई मुख्य पर्यटकीय गन्तव्य बनाइने सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताए । बाह्य पर्यटक बढी आउने समय जेठ र असारदेखि शुरु हुन्छ । विभिन्न ठाउँमा घरबास सञ्चालन गरिनाका साथै पर्यटक आर्कषित बनाउने गरी गाउँपालिकालाई आम्दानीको स्रोत बनाइने अध्यक्ष लामाको भनाइ थियो । कैलाश पर्वत र मानसरोवर पवित्र भूमि शिवजीको बासस्थान भएकाले दर्शन गर्न आउनेको संख्या वृद्धि भएको उनले बताए । मानसरोवर र कैलाश पर्वतको दर्शन गर्नुभन्दा पहिला शिवजीको बास स्थान भएको खार्पूनाथ तीर्थ र रलिङ तीर्थमा दर्शन गरेमा पवित्र पुण्य पाइन्छ भन्ने हिन्दू धर्मशास्त्र र बौद्धधर्म शास्त्रमा पनि लिखित दस्तावेज भेटिन्छ ।  यसैले कैलाश पर्वत र मानसरोवरमा दर्शन गर्नुपूर्व खार्पूनाथ तीर्थ र रलिङ तीर्थमा दर्शन गर्नुपर्ने भएकाले यसलाई ओझेलमा पारिएको छ । युरोपका देश र भारतबाट पनि विदेशी पर्यटक हुम्लामा आइरहेका छन् । एकातिर धार्मिकस्थल तथा अर्कारित हिमशृंखला, नदीनाला र विभिन्न ताल यहाँका आकर्षण हुन् । यसलाई व्यवस्थित् गर्न पहिले बाटो बनाइने र पछि अन्य भौतिक पूर्वधारका व्यवस्था मिलाइने लामाको भनाइ थियो । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।