फरेस्टर रू.७ हजार घुससहित पक्राउ

Share News

वैशाख २६, रुकुम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार घुससहित बन कार्यालयका निमित्त प्रमुखलाई पक्राउ गरेको छ । चौरजहारी नगरपालिका चौफास्थित् सवडिभिजन वन कार्यालयका निमित्त प्रमुख एवं फरेस्टर महेन्द्र विसी रु.७ हजार घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले सेवाग्राहीबाट घुस लिन लागेको उजुरी तथा सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । मुसीकोट नगरपालिका १ स्थित् होटलमा घुस लिइसकेपछि बिसी पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिएका छन् ।

बनको कटान आदेश सहजीकरण प्रयोजनका लागि भनेर एक सेवाग्राहीबाट घुस लिएको अवस्थामा निजलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रमुख सुवेदीले जनाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी निरीक्षक सूर्यबहादुर थापा नेतृत्वको एक टोली रुकुम पश्चिम पुगेको थियो ।

गत वर्ष जेठ महीनामा पनि जिल्ला वन कार्यालय रुकुम पश्चिमका सहायक जिल्ला वन अधिकृत सहित दुई जना रु. २३ हजार घुस सहित पक्राउ परेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।