वीरगञ्ज (अस) । भारतको विहारमा हुने लोकसभा चुनावलाई ध्यानमा राखी विहार राज्यसँग जोडिएका सिमानाबाट ३ दिनका लागि आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सूचना निकालेर शुक्रवारदेखि आइतवारसम्म भारततर्फको सिमानाबाट आवागमन बन्द गरिएको जानकारी दिएको हो ।
ती दिनमा विहार राज्यको वाल्मीकि नगर र पश्चिम चम्पारणमा लोकसभा चुनावका लागि मतदान हुने भएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको आग्रहमा ती आवागमन बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाल भट्टराईले बताए । बारा, पर्सा, रौतहट र नवलपरासीका सीमा बन्द गरिएको हो । भारतको लोकसभा चुनावको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राखी सीमा बन्द गरिएको सूचना प्रशासनले दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।