सल्यान (अस) । सल्यानको छत्रेश्वरी गाउँपालिकाले एम्बुलेन्स सेवामा २५ प्रतिशत छूट दिन थालेको छ । सुत्केरी हुने आमाहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउन एम्बुलेन्स भाडामा २५ प्रतिशत छूट दिन थालिएको हो । गाउँपालिकाद्वारा सञ्चालित सबै एम्बुलेन्समा यो छूट उपलब्ध हुन थालेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए ।
‘घरमा सुत्केरी हुनेहरूको संख्या शून्यमा झार्ने अभियानस्वरूप प्रोत्साहनका लागि उक्त सुविधा दिइएको खड्काको भनाइ छ । यस्तै गाउँपालिका क्षेत्रभित्रका ‘क’ वर्गका अपांगता भएका व्यक्ति, ७० वर्ष पुगेका नागरिक र ६० वर्ष पुगेका दलित नागरिकका लागि जुनसुकै स्वास्थ्य संस्थासम्म पुग्न एम्बुलेन्समा २५ प्रतिशत छूटको व्यवस्था गरिएको छ । यस्तै ‘ख’, ‘ग’ र ‘घ’ वर्गका अपांगता भएका व्यक्तिको हकमा क्रमशः १५, १० र ५ प्रतिशत छूट लागू भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।