नागरिकता विधेयकविरुद्ध तीन दलको ज्ञापनपत्र

Share News

जेठ ९, बागलुङ । राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् । केही समयअघि हस्ताक्षर संकलन गरेका ती दलले उक्त विधेयक ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन माग गरेका हुन् । बिहीवार विधेयकविरुद्ध ती दलले बागलुङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पनि बुझाएका थिए । नेपालको राष्ट्रियतामा आ“च आउने गरी विधेयक आएकाले विरोध गर्नुपरेको राजमोका अध्यक्ष अमर थापाले बताए । अहिले ठूलो संख्यामा गैरनेपालीले अंगीकृत र वंशजका आधारमा नागरिकता लिएको उनीहरुको आरोप थियो । सीमावर्ती क्षेत्रमा त्यस्ता नागरिकता लिने बढी छन् । विसं २०६३ मा ल्याएको ऐनले भित्र्याएको राष्ट्रघातको विस्तारितस्वरुप विधेयकले बोकेको उनीहरुले आरोप लगाए । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सो ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा जानकारी गराउने आश्वासन दिए । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।