ग्रामीण भेगमा पशु शिविर

Share News
रौतहट (अस) । पशुमा विभिन्न किसिमका समस्या देखापर्न थालेपछि रौतहटको गढीमाई नगरपालिकाले पशु शिविर आयोजना गरेको छ । मंगलवार पशु स्वास्थ्य शिविरमा २ हजार भन्दा बढी पशुको स्वास्थ्य परीक्षण गरिएको छ । हेफर इन्टरनेशनल र नगरपालिकाको सहयोगमा तथा सोडेक नेपालको आयोजनामा पशु शिविर भएको हो । यस क्षेत्रका किसानले व्यावसायिक रूपमा पशु पालन गर्ने गरेकाले पशु शिविरको आयोजना गरिएको सोडेक नेपालका अध्यक्ष रामपुकार यादवले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।