राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना सहितको टोली कोरला नाकामा

Share News
म्याग्दी (अस) । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहितको टोलीले कोरला नाकाको अवलोकन तथा अनुगमन गरेको छ । सभाका अध्यक्ष तिमिल्सिनासहित मुस्ताङका सांसद प्रेम तुलाचन, प्रदेश सांसद इन्द्रविष्ट गुरुङ लगायतले नाकाको अवलोकन गरेको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिए । नाका अवलोकनको क्रममा नाका सञ्चालन, मालढुंगा–बेनी–कोरला सडक निर्माणमा भएको ढिलाइ, पर्यटन प्रवद्धन, नयाँपुलदेखि मुक्तिनाथसम्म बनाउने भनिएको केवलकारको औचित्य र त्यसले धवलागिरि अञ्चलका चार जिल्लालाई पार्ने असरको बारेमा छलफल समेत गरिएको श्रेष्ठले बताए । यस्तै गौरवको योजना बेनी–जोमसोम सडक र कोरला नाका सञ्चालनको विषयमा सभाका अध्यक्ष तिमिल्सिनाले सम्बन्धित आयोजना र वियषगत कार्यालयका पदाधिकारीसँग अन्तरक्रिया गरेका छन् । नाका सञ्चालनका लागि भन्सार कार्यालय बनाउन बजेटसमेत छुट्ट्याइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।